बुटवल । गाडी दुर्घटनामा परी बुटवलका पत्रकार कृष्णबाबु पाण्डेको मृत्यु भएको छ। गए राति बुटवल–भैरहवा सडकखण्डको तिलोत्तमा–१ मा भएको सडक दुर्घटनामा परि पाण्डेको मृत्यु भएको हो । पाण्डे न्यूज २४ का बुटवल संवाददाता रहेका थिए ।
राति बुटवलबाट आफ्नो निवास तर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको आफैले चलाएको कार दुर्घटनामा परी घाइते भएका थिए । घाईते पाण्डेलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएपनि राति १ बजे तिर मृत्यु भएको अस्पतालले जनाएको छ । पोष्टमार्टमका लागि पाण्डेको शव अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ असार २०७७, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकार महासंघको निर्वाचनमा धाँधलीको दाबी
देशभरका पत्रकार चुनावमा व्यस्त
पत्रकार महासंघको निर्वाचन असार २२ मा
नेपाल पत्रकार महासङ्घले आज ६९ औँ स्थापना दिवस मनाउँदै