काठमाडौं । नेकपा स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले केही नेताहरुलाई ‘भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड’ बाँडेका छन् ।
बैठकबाट बाहिरिएपछि नेकपाका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले घाँटीमा भिरेको उक्त कार्ड देखाउँदै भने, ‘सानो केटाकेटी हुँदा धामीले भुत–प्रेत लाग्दैन भनेर जन्तर लगाइदिन्थे, अहिले माधव नेपाल कमरेडले कोरोना जन्तर लगाइदिए ।’
न्यौपानेले भने जस्तै बुधबारकै बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातमा यो कार्ड देखिन्छ । नेता नेपाल आफैंले घाँटीमा भिरेका थिए । झलनाथ खनाल, ईश्वर पोखरेल लगायतका नेताहरुले पनि यो लगाएको देखिन्छ । नेताहरुले लगाएको यो काडै चीनमा बनेको हो ।
के हो भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड ?
काठमाडौं । ‘भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड’ पोर्टेबल एयर प्युरिफायर हो । चार ग्राम तौल हुने यस्तो कार्डमा क्लोरिन डाइअक्साइड प्रोड्युसर, ग्यास स्टेइन रिलिज एजेन्ट, ब्याम्बो कार्बनजस्ता रसायनहरु राखिएको हुन्छ । र, यसले भाइरस नष्ट गर्ने दाबी छ ।
यस्ता कार्ड निर्माताहरले ३० देखि ६० दिनसम्म ५० सेन्टिमिटर वरपरसम्म निकै कम मात्रामा ९लो कन्सन्ट्रेसन० क्लोरिन डाइअक्साइड हावामा छाड्दै त्यहाँ भएका भाइरस ब्याक्टेरिया, धुवाँ वा प्रदूषण हटाउने दाबी गरेका छन् ।
तर यो कार्डमाथि प्रश्न पनि उठेको छ । चिनियाँ समाचार संस्था सीजीटीएनमा प्रकाशित समचारअनुसार यसको प्रयोग कतिपय अवस्थामा निकै हानिकारक हुनसक्छ । विशेषज्ञहरुका अनुसार छोटो समयमा नै जीवाणुमुक्त गर्न उच्च मात्रामा क्लोरिन डाइअक्साइडको प्रयोग गर्दा श्वासप्रश्वासमा असर पर्नसक्छ ।
तर यो कार्डको पक्षमा मत जाहेर गर्ने कतिपय विशेषज्ञहरुले भने कार्डमा क्लोरिन डाइअक्साइडको मात्रा थोरै हुने र यसको असर पनि कम पर्ने बताएका छन् ।
यद्यपि कार्ड फुट्यो भने क्लोराइट निस्किन्छ, जुन मानिसको छालामा पर्यो भने जल्नसक्छ । साथै श्वासप्रश्वासमा पनि समस्या हुनसक्छ ।
एक अनुसन्धानले क्लोरिन डाइअक्साइड अनुमानका भरमा प्रयोग भइरहेको र यसले जीवाणुहरु मार्न सक्ने पुष्टि नभएको उल्लेख छ । बरु मानिसको फोक्सोमा असर परेको देखिएको छ ।
जापान अमेरिका लगायतका मुलुकमा पनि यस्तो कार्ड प्रयोग नगर्न सुझाव दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असार २०७७, १९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने
नेकपा एकीकृत समाजवादीले अहिलेको पदाधिकारीलाई नै स्थायी कमिटी बनाउने
‘कांग्रेस–एमालेबाट परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र हुनसक्छ’
नेकपा स्थापनाको ७५ वर्ष पूरा, आज हीरक महोत्सव