काठमाडौं । धौलागिरी अस्पताल बाग्लुङको आइसोलेशन कक्षमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाले छोरा जन्माएकी छन् ।
ढोरपाटन नगरपालिका–८ की १९ वर्षीय महिलाले आज बिहान आइसोलेशन कक्षमै छोरा जन्माएकी हुन् । धौलागिरि अञ्चल अस्पतालका अनुसार असार ७ गते आइसोलेशन कक्षमा भर्ना भएकी ती महिलालाई चिकित्सकले शल्यक्रियामार्फत् बच्चा जन्माउन सल्लाह दिएपनि पछि सामान्य प्रकारले सुत्केरी हुनुभएको थियो ।
धौलागिरी अञ्चल अस्पताल बाग्लुङका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलका अनुसार आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
भारतबाट घर फर्केका श्रीमान् श्रीमती दुवैलाई कोरोना पोजेटिभ देखिपछि आइसोलेशनमा भर्ना गरिएको थियो । हालसम्म बाग्लुङमा १४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये २३ जना निको भएर घर फर्केका छन् भने ११८ जना उपचारको क्रममा रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ११ असार २०७७, १९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहरमा नवजात शिशुको शव भेटियो
धामीको भर पर्दा गर्भमै शिशुको ज्यान गयो
ललितपुरको च्यासल मैदान नजिकै शिशुको शव
केएमसीमा ४२ दिनको शिशुको हर्नियाको सफलतापूर्वक शल्यक्रिया
एचआइभी सङ्क्रमितको शल्यक्रियामार्फत शिशु