उपप्रधानमन्त्री नरहने, सरकारमा फोरम पनि सहभागी हुने

पत्रपत्रिकाबाट

मंगलबार, १५ फागुन २०७४, ०७ : ००
उपप्रधानमन्त्री नरहने, सरकारमा फोरम पनि सहभागी हुने

पहिलो कार्यकालमा ६ जनासम्म उपप्रधानमन्त्री राखेका प्रधानमन्त्री केपी ओलीले यस पटक सरकारमा उक्त पदै नराख्ने निर्णय लिँदै एमाले र माओवादी केन्द्रका चार मन्त्री सामेल गरी सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उपप्रधानमन्त्री नराख्ने भएपछि यसअघि उपप्रधानमन्त्री भइसकेका एमाले महासचिव ईश्वर पोखरेल प्रधानमन्त्रीपछिको वरीयताक्रममा रहने गरी रक्षामन्त्री बनेका छन् ।

अर्थविद्समेत रहेका पूर्वगभर्नर युवराज खतिवडालाई ओलीले अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् । माओवादीतर्फबाट रामबहादुर थापाले गृह र मातृका यादवले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार बिहान छलफलपछि दिउँसो चार जना मन्त्री पठाउने सहमति भएको थियो ।

सरकारको पक्षमा दुई तिहाइ समर्थन जुटाउने प्रयोजनका लागि संघीय समाजवादी फोरमलाई समेत ल्याउने प्रयास सकारात्मक बनेपछि प्रधानमन्त्री ओलीले सोमबार मन्त्रिपरिषद्लाई पूर्णता नदिएका हुन् ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस