टोटनह्याम र म्यानचेस्टर युनाइटेड बराबरीमा

सफल खबर संवाददाता

शनिबार, ०६ असार २०७७, ०९ : ४४
टोटनह्याम र म्यानचेस्टर युनाइटेड बराबरीमा

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा टोटनह्याम र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा सुरुवाति अग्रता लिए पनि जोसे मोरिन्होको टिम टोटनह्यामले जित निकाल्न सकेन ।

२७ औँ मिनेटमा स्टीभन बर्गविजनले गोल गरेर टोटनह्यामलाई सुरुवाति अग्रता दिलाएका थिए । तर ८१ औँ मिनेटमा पाएको पेनाल्टीमा ब्रुनो फर्नान्डेसले म्यानचेस्टर युनाइटेडका लागि बराबरी गोल गरे। बराबरीपछि पाँचौँ स्थानको म्यानचेस्टर युनाइटेडको ३० खेलबाट ४६ तथा आठौँ स्थानको टोटनह्यामको ४२ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस