आईओएमको डिनमा प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंह नियुक्त

सफल खबर संवाददाता

बुधबार, ०३ असार २०७७, २० : २८
आईओएमको डिनमा प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंह नियुक्त

फाईल फोटो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम ) को डिनमा प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंह नियुक्त भएकी छन्  ।

प्रा.डा. प्रेम ज्ञवाली संयोजक रहेको एक समितिले आईओएमको डिनका लागि प्रा. डा. शाह सँगै प्रा.डा. प्रदीप वैध र प्रा.डा. उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

आईओएमका तत्कालीन डिन प्रा. डा. जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण २१ जेठमा अवकाश पाएका थिए ।

प्रतिक्रिया दिनुहोस