पर्सा । पर्सास्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायका अनुसार संक्रमित हुनेहरुमा पर्साका १० जना र १ जना रौतहटका रहेका छन् ।
भारतबाट फर्किएर क्वारेन्टिनमा राखिएकाहरुको थ्रोट स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको डा उपाध्यायले रातोपाटीलाई जानकारी दिए ।
‘पर्साका १० जना संक्रमितमध्ये एक जना महिला र ९ जना पुरूषहरू रहेका डा उपाध्यायले जानकारी दिए ।
पर्साका संक्रमितहरु २६ वर्षदेखि ५६ वर्ष समूहका रहेका छन् । गत जेठ २६ मा उनीहरुको स्वाब संकलन गरिएको थियो ।
पर्साका १० जना संक्रमितमध्ये विन्दवासनी गाउँपालिकाको १ महिला र ८ जना पुरूष रहका छन भने पटेर्वासुगौली गाउँपालिकाको वडा नम्बर २ का १ जना रहेका छन् ।
त्यसैगरी रौतहट गढीमाईका ३० बर्षका एक जना पुरूष रहेको डा उपाध्यायले जानकारी दिए । संक्रमितहरुलाई नारायणी अस्पताल अस्थायी विषेश करोना अस्पताल गण्डकको आइसोलेसन वार्डमा ल्याउने तैयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ असार २०७७, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै