काठमाडौं । कोरोनाको संक्रमण बढ्दै जाँदा सरकारले परीक्षणको दायर बढाउने उद्देश्यले थप निर्णय लिएको छ । सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षण गर्न दिने व्यवस्था गरेको छ ।
आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले निजी प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षण गर्न अनुमति दिने निर्णय भएको जानकारी दिए ।
पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि परीक्षण गर्न दिने निर्णय भएको उनको भनाइ छ । त्यसरी नमुना परीक्षण गर्दा लाग्ने खर्च सरकारले नै बेहोर्नेछ ।
यसैबीच भाडामा बस्नेहरुलाई बाहिरबाट आउँदा कोरोना परीक्षणको प्रमाणपत्र माग गरिएको भन्दै स्वास्थ्य मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । अनावश्यक कोरोना परीक्षण गर्ने व्यवस्था नभएको भन्दै मन्त्रालयले सम्बन्धित सबैलाई त्यसो नगर्न सचेत गराएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३२ जेठ २०७७, १६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै