गुल्मीका ३६ वर्षीय युवाको कोरोनाबाट मृत्यु

नेपालमा काेराेना भाइरसका कारण मृत्यु हुनेको संख्या १९  पुग्यो

सफल खबर संवाददाता

आइतबार, ३२ जेठ २०७७, १६ : ४३
गुल्मीका ३६ वर्षीय युवाको कोरोनाबाट मृत्यु

काठमाडौं । गुल्मीका ३६ वर्षीय युवाको कोरोनाभाइरसका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचापरिक रुपमा पुष्टि गरेको छ । 

मन्त्रालयको आइतबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको शनिबार मृत्यु भएको पुष्टि गरे । 

गत जेठ १२ गते प्रदेश प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो । त्यसयता रेसुंगाको आइसोलेशनमा उपचाररत उनको जेठ ३१ गते राति मृत्यु भएको  गौतमले जानकारी दिए । क्यान्सर रोगबाट पीडित उनी भारतबाट आएका थिए । 

सोसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस