कसरी हुन्छ सुनको मूल्य निर्धारण ?

पत्रपत्रिकाबाट

शुक्रबार, ३० जेठ २०७७, ०६ : ५७
कसरी हुन्छ सुनको मूल्य निर्धारण ?

फाईल फोटो

काठमाडौं । सुनको मूल्य कीर्तिमानी स्तरतर्फ उक्लिन थालेको छ। बिहीबारका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ तोलाको ८९ हजार ६ सय तोकेको छ भने नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले ८९ हजार ७ सय तोकेको छ।

यसरी हुन्छ सुनको मूल्य निर्धारण
हाम्रा छिमेकका सुन पसलले हरेक दिन मूल्य निर्धारण कसरी गर्छन् होला ? नेपाल सुनचाँदी व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य भन्छन्, ‘मूल रूपमा न्युयोर्क एक्सचेञ्जको कारोबार दरलाई आधार मानेर मूल्य तय हुन्छ। तर, भारत र दुबईको मूल्य प्रवृत्तिलाई पनि ध्यानमा राखेर मूल्य निर्धारण समितिले भाउ तय गर्छ।’

शाक्यका अनुसार नेपाली समयअनुसार विहान १० बजेको अन्तर्राष्ट्रिय बजारको मूल्यलाई नेपालमा मूल्य निर्धारणको आधार मानिन्छ। सोही सन्दर्भ मूल्यमा सो दिनका लागि राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अर्थात् डलरको मूल्यले गुणन गरिन्छ। यसरी आएको गुणनफलमा प्रतिग्राम सरकारले लिने ८५० रुपैयाँ भन्सार जोडिन्छ। अब त्यो मूल्यमा १ प्रतिशत ह्यान्डलिङ शुल्क जोड्ने र थप १ प्रतिशत मुनाफा जोड्ने गरिन्छ’, शाक्य भन्छन्, ‘त्यो मुनाफा ०.५ प्रतिशत आयातकर्ता बैंकले र ०.५ प्रतिशत सुनचाँदी व्यवसायीले राख्छन्।’ सुन आयातगर्दा लाग्ने बीमा लगायतका दायित्व भुक्तानी गर्न ह्यान्डलिङ शुल्क लाग्ने उनले बताए। अन्नपूर्ण पोस्टमा खबर छ । 

प्रतिक्रिया दिनुहोस