सरकारले वैशाखदेखि काठमाडौं उपत्यकासहित देशभरका महानगरपालिका तथा उपमहानगरपालिकामा प्रदूषण जाँचपास नभएका सवारीसाधन प्रवेशमा रोक लगाउने भएका छ।
सवारीसाधनले अत्याधिक प्रदूषण गरेको भन्दै यातायात व्यवस्था विभागले यस्तो निर्णय गरेको हो। विभागले सवारी प्रदूषण जाँचपासका लागि आवश्यक मेसिन खरिद प्रक्रिया पनि अघि बढाइसकेको छ।
सरकारले गत मंसिरमा सवारीसाधनले गर्ने वायु प्रदूषण जाँच गर्न आवश्यक ४० वटा ‘भेइकल इमिसन टेस्ट’ गर्ने मेसिन खरिद गर्न विभागलाई निर्देशन दिएको थियो। काठमाडौं उपत्यकालगायत सहरी क्षेत्रमा वायु प्रदूषण अत्याधिक भएकाले यसको नियन्त्रणका लागि विभागले उक्त निर्णय गरेको हो।, यो खबर आजको कारोवारमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १४ फागुन २०७४, ०८ : १०
लेखकबाट थप