कोरोनामा १० अर्ब खर्च, स्वास्थ्य पूर्वाधारमा छैन ध्यान

पत्रपत्रिकाबाट

आइतबार, २५ जेठ २०७७, ०७ : ०२
कोरोनामा १० अर्ब खर्च, स्वास्थ्य पूर्वाधारमा छैन ध्यान

काठमाडौं । सरकारले कोरोना भाइरस प्रयोजनका लागि १० अर्ब खर्च गरेको भने पनि स्वास्थ्य पूर्वधार निर्माणमा ध्यान दिन असफल बनेको छ । प्रदेशै पिच्छे कोभिड अस्पताल सञ्चालन गर्ने र केही अस्पतालमा शड्ढया र केही भेन्टिलेटर थप्नेबाहेक सरकारले भौतिक संरचना थप गर्न सकेको छैन ।  

कोरोना भाइरसका कारण मानव जीवनमा आउनसक्ने संकटलाई ध्यानमा राखेर सरकारले अस्पतालका शड्ढयाहरू, आइसियूका साथै व्यक्तिको जीवन रक्षा गर्नका लागि आवश्यक भेन्टिलेटर खरिदमा सरकारको ध्यान पुगेको छैन । संक्रमण फैलिँदै जाँदा आवश्यक पर्ने जनशक्ति अभाव हुन नदिन त्यसको पदपूर्तिमा पनि सरकारले चासो दिएको छैन ।

सरकारले भाइरस परीक्षणका लागि प्रयोगशाला विस्तार गरेको दाबी गरे पनि पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापाले पाँचवटा मात्र मेसिन थप भएको दाबी गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर दुई हजार दुई सय पाँच जेनेरल शड्ढया एक हजार ६ सय १४ कोभिड आइसोलेसन शड्ढया, तीन सय ९६ आइसियू र एक सय २६ भेन्टिलेटर, तीन सय ८५ क्रिटिकल केयर र तालिमप्राप्त जनशक्ति रहेको छ ।

एम्बुलेसन्को संख्या एक सय २७ वटा रहेको मन्त्रालयले जनाएको छ । यो संख्या जिल्ला अस्पताल, प्रादेशिक अस्पताल, अस्थायी कोभिड अस्पताल, केन्द्रीय अस्पताल र मेडिकल कलेज शिक्षण अस्पतालहरूसमेतको हो । नागरिक दैनिकमा खबर छ ।