काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले अव्यवस्थित शहरीकरण नेपालको चुनौतिको विषय बनेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्राकृतिक घटनाहरू मात्र नभइ पछिल्लो समय अव्यवस्थित शहरीकरण, अनियन्त्रित र अनियोजित पहाडी भेग र नदी किनारको अतिक्रमण, खराब इन्जिनियर संरचनाहरू र अपर्याप्त डिजाइन मापदण्डहरू र निर्माण प्रविधिको कारणले पनि समस्या व्यहोरिरहेको बताए ।
उनले नेपाल बारम्बार भूमकम्पीय प्रकोपको चपेटामा परेको उल्लेख गर्दै भारी वर्षा र भारी हिमाली भूगोलले बाढी र पहिरोको जोखिम बढाएको बताए। उपप्रधानमन्त्री सिंहले हालैका वर्षहरुमा जलवायु परिवर्तनको प्रभावले हिमालयको हिउँ बढी पग्लिएको, हिमताल फुट्ने लगायतका विपद्हरु भोग्नुपरिरहेको बताए ।
उनले भने, ‘हाम्रो देश र दक्षिण एशियाको यो क्षेत्र बारम्बार भूकम्पीय प्रकोपको चपेटामा परेको छ । त्यसमाथि, भारी वर्षा र भारी हिमाली भूगोलले यस क्षेत्रलाई पहिरो र बाढीको जोखिममा पारेको छ । यसबाहेक हालैका वर्षहरूमा ग्लोवल वार्मिङ र जलवायु परिवर्तनको प्रभावले हिमालयका हाम्रा ग्लेशियर तालहरूमा ठूलो परिवर्तन ल्याएको छ । जसले ग्लेशियर लेक प्रकोप बाढीको जोखिमलाई बढाएको छ । हिमनदीका टिपहरू र पहाडको बरफ पग्लने दर बढ्दै गएको छ । जुन वास्तवमा हाम्रो क्षेत्रमा वातावरणीय ह्रासको कारण होइन तर यो विश्वका ठूला अर्थतन्त्रहरूको कारण हो । हामीसँग विज्ञान र इन्जिनियरिङको क्षेत्रमा जियोहाजार्ड्स, जियोडिजास्टरहरू र जियोटेक्निकल इन्जिनियरिङलगायतका क्षेत्रमा धेरै फरक चुनौतीहरू छन् । हामीले प्राकृतिक घटनाहरू मात्र होइन तर पछिल्लो समय अव्यवस्थित शहरीकरण, अनियन्त्रित र अनियोजित पहाडी भेग र नदी किनारको अतिक्रमण, खराब इन्जिनियर संरचनाहरू र अपर्याप्त डिजाइन मापदण्डहरू र निर्माण प्रविधिको कारणले पनि वास्तवमै सबैभन्दा बढी पीडित छौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ मंसिर २०८१, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समस्याग्रस्त आयोजनामा समाधान खोज्नुस् : मन्त्री सिंह
सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको पहलको परिणाम देखिन थालेको छ : उपप्रधानमन्त्री सिंह
विदेशमा काण्ड मच्चाएकाहरु ठूलो नेता बन्छु भनेर लागेका छन् : उपप्रधानमन्त्री सिंह
इतिहासबाट पाठ सिकेर भूकम्प प्रतिरोधी घर बनाउन आवश्यक : उपप्रधानमन्त्री सिंह
अतिक्रमित सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउँछ : उपप्रधानमन्त्री सिंह
अर्थतन्त्र समृद्ध बनाउन कृषि उत्पादन बढाउनुपर्छ : प्रकाशमान सिंह