नयाँ दिल्ली । हिउँदे अधिवेशनको दोस्रो दिन पनि चर्काे हङ्गामाका बिच भारतमा लोकसभा र राज्यसभा दिनभरका लागि स्थगित गरिएको छ ।
बुधवार कांग्रेसले दुवै सदनमा गौतम अडानीको मुद्दामा बहसको प्रस्ताव राखेको थियो । अदानीमाथि अमेरिकामा ठगीको गम्भीर आरोप लागेको र सरकारले यस विषयमा बहस गर्नुपर्ने कांग्रेसले जनाएको छ ।
‘एकतिर सानातिना आरोपमा सयौँलाई गिरफ्तार गरिँदैछ, अर्काेतिर सरकार अदानीलाई बचाउने काम गरिरहेको छ,’ सांसदबाहिर विपक्षी दलका नेता राहुल गान्धीले पत्रकारसँग भनेका छन् ।
गएको हप्ता मात्रै अडानीमाथि आफ्नो एउटा कम्पनीलाई ठेक्का दिलाउन २५ करोड डलर घुस दिएको र यो कुरा लुकाएको आरोप लागेको थियो । यसपछि कांग्रेसले गौतम अदानीलाई पक्राउ गर्न माग गरेका थिए भने प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बचाइरहेको आरोप लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ मंसिर २०८१, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत प्रस्थान गरिन परराष्ट्र मन्त्री डा. राणा
भारत, भुटान र माल्दिभ्सका एनसीसी प्रतिनिधिमण्डल शीतल निवासमा
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
भारतको केन्द्रीय बैङ्कले ५ वर्षमा पहिलो पटक रेपो दर घटायो
इंग्ल्याण्डविरुद्धको एक दिवसीय खेलमा भारत विजयी : गिलको शानदार ब्याटिङ
भारतले बंगलादेशमा पठायो १६ हजार टन चामल