भरतपुर अस्पतालको कोभिड आईसीयूमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

सफल खबर संवाददाता

शनिबार, २४ जेठ २०७७, १६ : ४९
भरतपुर अस्पतालको कोभिड आईसीयूमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

चितवन । भरतपुर कोभिड अस्पतालको आईसीयूमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

माडी नगरपालिकाका २७ वर्षीय पुरुषको आज शनिबार बिहान करिब साढे १० बजे मृत्यु भएको थियो ।

उनी भारतबाट करिब दुई साता अघि माडी आएका थिए । उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो । 

 

प्रतिक्रिया दिनुहोस