१६८ जना नेपाली नागरिक लिएर आयो एयर अरेवियाको विमान

सफल खबर संवाददाता

शुक्रबार, २३ जेठ २०७७, १८ : ५७
१६८ जना नेपाली नागरिक लिएर आयो एयर अरेवियाको विमान

काठमाडौं । यूएईबाट १६८ जना नेपाली नागरिक लिएर आएको विमान काठमाडौंमा अवतरण गरेको छ । जसमा १ सय ५५ जना पुरुष र १३ जना महिला रहेका छन् । जसमा एक जना शिशु पनि रहेका छन् ।

सारजाह विमानस्थलबाट आएको एयर अरेवियाको जी ९ः१७५१ नम्बरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारण महामारीका कारण उनीहरु यूएईमा समस्यामा परेका थिए ।

उनीहरुलाई प्रदेशगत रुपमा व्यवस्थापन गर्नुअघि राख्नलाई काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ९ वटा होल्डिङ सेन्टर सेनाले तयार गरेको छ । त्यसपछि स्वास्थ्य जाँच लगायतका प्रक्रिया पूरा गरेर आइसोलेसन, क्वारेन्टिन वा होम क्वारेन्टिनमा राख्ने तय हुनेछ ।

यूएईबाट कम्तिमा १८ हजार जना नेपाली स्वदेश फर्कन चाहेको त्यहाँस्थित नेपाली दूतावासको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस