चितवन । चितवन मेडिकल कलेजले एक महिनादेखि उपचारारत कालिका नगरपालिका–१० सिद्धिकी आठ वर्षीया सदीक्षा चेपाङको उपचार निःशुल्क गरेको छ ।
अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेका अनुसार रु एक लाख ८३ हजार बराबरको खर्च निःशुल्क गरिएको हो । अस्पतालले उपचार खर्च निःशुल्क गरी बुधबार उनलाई डिस्चार्ज गरेको छ । न्यौपानेले निमोनियाको समस्या भएकी ती बालिकालाई आर्थिक अभाव भएको भन्दै अन्य अस्पतालले भर्ना नलिएपछि चितवन मेडिकल कलेजमा ल्याइएको थियो ।
गामबेसी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष एवं अभियानकर्मी केपीकिरण शर्माका अनुसार ती बालिकाको परिवारको वर्षमा दुई महिना मात्र खान पुग्ने अन्न उब्जने गर्दछ । १२ दिन अघि अर्को बच्चा पनि जन्मिएको भन्दै परिवारको आर्थिक अवस्था दयनीय रहेको उहाँले बताउनुभयो । बाहिर फार्मेसीमा औषधि खरिद गरेको भुक्तानी अझै गर्न नसकिएको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २२ जेठ २०७७, २० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन मेडिकल कलेजमा दश हजारबढी मुटु रोगका बिरामीको शल्यक्रिया
चितवन मेडिकल कलेजमा आजदेखि स्वास्थ्य बीमा लागू