काठमाडौँ । कर्णाली प्रदेशमा कोभिड–१९ बाट एकैदिन ११४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गरेको आरटी पीसीआर परीक्षणबाट दैलेखका ११३ र मुगुको एक जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । यसमा दैलेख नारायण नगरपालिकाका ६७ पुरुष र पाँच महिला गरी ७२ जना रहेका उहाँले बताउनुभयो ।
त्यस्तै, दैलेख देवलकाँडाका १२, सोतका नौ, मानटाकुराका साता, नौमुलेका पाँच, भगनीका पाँच, साडुका दुई र बाँसकोटका एक जना रहेका छन् । आज सङ्क्रमितको यो सङ्ख्यासँगै कर्णालीका कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या ३८९ पुगेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण अनपेक्षित रुपमा दैलेखमा फैलिएपछि कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण भएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २२ जेठ २०७७, २० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै