काठमाडौँ । तत्कालिन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको आज (सोमबार) १९ वर्ष पूरा भएको छ । हत्या काण्ड भएको १९ वर्ष वितिसक्दा पनि हत्या के कारणले भएको थियो, त्यो अहिले सम्म खुल्न सकेको छैन् । राजा विरेन्द्रको वंशनाश हुने गरि सो हत्याकाण्ड २०५८ जेठ १९ गते मध्य रातमा भएको थियो ।
सो हत्या काण्डमा राजा विरेन्द्रका वंश नै विनास भएको थियो । हत्याकाण्डको छानबिनका लागि तत्काल नै समिति गठन गरिएको थियो । तर सो समितिले पनि अहिले सम्म हत्या किन गरियो, कसले गर्यो, भन्ने रहस्य सार्वजनिक गर्न सकेको छैन् ।
१९ वर्ष यो अन्तरालमा नेपालमा धेरै परिवर्तन भए, धेरै उथलपुथलसंगै धेरै सरकार पनि फेरिए तर यो पहेली जस्तै बनेको रहस्य सुल्झाउन तर्फ कसैको ध्यान पुग्न सकेको छैन् । हत्याको रहस्य नखुल्दा सर्वसाधारणले अहिले पनि आ–आफ्नो तवरले अड्कलबाजी गर्दै आईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ जेठ २०७७, १० : १४
लेखकबाट थप