काठमाडौं । नेपालले सगरमाथाको मापन अन्तिम चरणमा पु¥याइरहेको बेला चिनियाँ सर्भे टोलीले सगरमाथा शिखरमै पुगेर मापन कार्य पूरा गरेको छ । ६५ वर्षअघि सन् १९५५ मा मापन भएको सगरमाथाको उचाइ हालसम्म ८ हजार ८ सय ४८ मिटर अर्थात् २९ हजार २८ फिट मानिँदै आइएको छ । सगरमाथाको नयाँ मापनले अब नयाँ उचाइ कति छ भन्ने विषयमा यथार्थ विवरण आउनेछ ।
सन् २००५ मा चिनियाँ नापी सर्भेपछि सगरमाथाको उचाइ ८ हजार ८ सय ४४ दशमलव ४३ रहेको र त्यसमा हिउँको उचाइ चार मिटर रहेको निष्कर्ष निकालिएको थियो । चिनियाँ पक्षले निकालेको सर्भे विवादमा आएपछि सन् २०१० मा नेपाल र चीनबीच सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर नै कायम गर्ने गरी सहमति जुटेको थियो ।
चिनियाँ सर्भेमा रहेका ३० जना सगरमाथाको शिखरमा पुगेर फर्केपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनले संयुक्त रूपमा सगरमाथाको उचाइ सार्वजनिक गर्ने बताएकी छन् । राजदूत यान्छीले ट्वीट गर्दै चिनियाँ सर्भेयरले पनि चुचुरोमै पुगेर सगरमाथाको नाप लिएको बताएकी छन् । उनले ट्वीटरमा फोटो पोस्ट गरेर २६ मे २०२० मा चिनियाँ सर्भेयर टोली सगरमाथाको चुचुरोमा पुगेको बताइन् ।
नेपालका तर्फबाट भने सगरमाथा मापनको अन्तिम काम अझै बाँकी रहेकाले उचाइ तत्काल सार्वजनिक नहुने नापी विभागका सूचना अधिकारी दामोदर ढकालले बताए । चीन र नेपालले सगरमाथाको उचाइ सार्वजनिक गर्ने विषयमा नापी विभागलाई कुनै जानकारी नभएको ढकालको भनाइ छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १७ जेठ २०७७, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूकम्पपछि चीनले अस्थायी रूपमा बन्द गर्यो सगरमाथा क्षेत्र
आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै, मानव पाइला पुगेको ७१ वर्ष पूरा
सगरमाथामा ५ आरोहीको मृत्यु, ३ बेपत्ता
नासु बमबहादुरले गरे सगरमाथाको सफल आरोहण
कलाकार छिरिङ शेर्पा सगरमाथाको चुचुरोमा