काठमाडौं । डब्लुडब्लुडब्लु डट जिओभी डट एनपि (nepal.gov.np) नेपाल सरकारको आधिकारिक वेभसाइट । सरकारका आधिकारिक तथ्य-तथ्यांक बझुने देखि सरकारका हरेक गतिविधि बुझनका लागि देश विदेशका मानिसहरु यही आधिकारिक पोर्टलमा जान्छन् । तर यो पोर्टलमा नेपालको नक्सा नै अध्यावधिक हुन सकेको छैन् ।
सरकारले भारतले अतिक्रमित गरेको नेपाली भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूमि समेटेर जेष्ठ ५ गते नँया नक्सा मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो । ७ जेठमा भूमि सुधार मन्त्री पद्मा अर्यालले अब नेपालको राजनीतिक तथा प्रशासनिक क्षेत्रमा नयाँ नक्सा भन्दै मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेकी थिईन् ।
त्यसपछि यो संविधानको अनुसूचिमा रहेको निशान छाप संसोधनका लागि जेठ ९ मा संविधान संसोधन विधेयक संसदमा दर्ता पनि गराईसकेको छ । त्यसका लागि प्रधानमन्त्री केपी ओलीले राजनीतिक दलहरुको साथ खोज्दै सर्वदलीय बैठक समेत आयोजना गरिसके ।
तर अझै पनि नेपाल सरकारको आधिकारिक पोर्टलमा भने नेपालको नयाँ नक्सा जुन सरकारले जारी गरिसकेको छ अझै अध्यावधिक हुन सकेको छैन् । सरकारले नयाँ नक्सा जारी गरेको एक साता पुगिसक्दा समेत सरकारकै आधिकारिक पेजमा नयाँ नक्सा अध्यावधिक हुन सक्दैन भने नेपालको काम गराई कुन चरणमा छ भन्ने प्रष्टै बुझ्न सकिन्छ ।
सरकारको आधिकारिक पोर्टलमा गृहपृष्ठ, सरकार, व्यवसाय र नागरिकका छुटाछुटै क्याटगोरीका बीचमा नेपालको ठूलो नक्सा राखिएको छ । तर त्यही नक्सा सरकारले फेरेको र अध्यावधिक गरेको एक साता बितेपनि अझै त्यहाँ राखिएको नक्सा परिवर्तन गरेको छैन् । जसले गर्दा अझै पनि देश विदेशमा रहेकाले नेपालको नक्सा खोजी गर्दा पूरानै नक्सा प्रतिविम्वित हुन्छ ।
सरकारको यस्तो ढिलासुस्तीका कारण सरकार आफैलाई गिज्याईरहेको छ । तर पनि सरकारले आफ्ना आधिकारिक पोर्टलहरुलाई अध्यावधिक गर्नेतिर खास चासो देखाएको देखिन्न् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ जेठ २०७७, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्यूनतम साझा कार्यक्रमको मस्यौदा निर्माण अन्तिम चरणमा
सुदूरपश्चिम सरकारले आज बजेट ल्याउँदै
सरकार र आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी चालकबीच वार्ता सुरु
मधेसमा नयाँ सरकार गठन आह्वान
कर्णाली सरकारको नीति तथा कार्यकम आज
कोशी प्रदेश: सरकार गठनबारे केदार कार्कीले दायर गरेको रिटको पेशी आज