कपिलवस्तु । महाराजगञ्ज नगरपालिका–२ उनवलियाकी एक किशोरीमाथि बलात्कार भएको आरोप लगाइएको छ । उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहार बलात्कार गरी फरार भएको भनी बालिकाको परिवारले प्रहरीमा उजूरी दिएको छ ।
नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक लोहारले गए राति किशोरीलाई जर्बजस्ती तानेर घरको पछाडि पु¥याई सो हर्कत गरेको आरोप लगाइएको छ । राति परिवारले बालिकालाई बेहोशावस्थामा फेला पारी प्रहरीलाई खबर गरेको थियो ।
अभियुक्त लोहारको खोजी भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिनुभयो । पीडितको शिवराज अस्पतालमा उपचार भइरहेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १४ जेठ २०७७, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनगढीमा विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत
छाउगोठमा बसेकी १६ वर्षिया किशोरी बलात्कृत, एक जना पक्राउ
६१ वर्षीय वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत