भक्तपुर । प्रहरीलाई हातपात गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाबाट ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा बा.१८ च ५८२५ नम्बरको कार चालक भक्तपुर सल्लाघारी बस्ने उदयपुर घर भएका २२ वर्षीय जिबन खनाल, भक्तपुर गोलमडी बस्ने ३१ वर्षीय योगेन्द्र लाखाजु रसूर्यविनायक नगरपालिका-५ कटुन्जे बस्ने ४१ वर्षीय उपेन्द्र घिमिरे रहेका छन् ।
सोही ठाउँमा महानगरीय प्रहरी प्रभाग कटुन्जेबाट ड्युटीमा खटिएको प्रहरीले सूर्यविनायकबाट घ्याम्पेडाँडातर्फ जाँदै गरको उक्त कारलाई जाँच गर्दा मादक पदार्थ सेवन गरी कारमा सवार उनीहरुलाई सम्झाई बुझाई गर्ने क्रममा वादविवाद गरी प्रहरीलाई हातपात गरेका हुन् ।
भक्तपुर,सूर्यविनायक नगरपालिका-६ घलातेचोकमाप्रहरीलाई हातपात गरेको अभियोगमाललितपुर बडिखेल बस्ने २५ वर्षीय विकेस श्रेष्ठलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका विकेसलेउक्त ठाउँमा ड्यूटीमा खटिएको प्रहरीलाई हातपात गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ जेठ २०७७, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीले माग्यो १४५ जना कर्मचारी (सूचनासहित)
‘टुवाइसी’ को भरमा प्रहरी सङ्गठन
१५ चैतमा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिबारे सूचना दिन प्रहरीको अुनरोध
जनकपुरमा प्रहरी र स्थानीयबीच झडप
प्रदर्शनकारीहरू ढुङ्गा हान्दै बानेश्वरतिर अघि बढेपछि बल प्रयोग : प्रहरी
तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास प्रहार