काठमाडौं । कैलाली लगायतका जिल्लालाई प्रकृतिले आज दिउँसो अन्धकार भएको थियो । मौसममा आएको परिवर्तनसँगै आज अपराह्न आकासमा कालो बादल मडारिएर अन्धकार भएपछि सर्वसाधारण कुनै अनिष्ट निम्तिने हो कि भनेर त्रसित पनि देखिए ।
दिउँसै रात पर्ने यस्तो अचम्म यसअघि कहिल्यै देखिएको थिएन, स्थानीय डिल्लीराज भट्टले भन्नुभयो, “कोरोनाको सन्त्रासले सताइरहेका बेला भगवान्ले पनि किन यस्तो गरे होलान् ।” अँध्यारोका बीच पश्चिमबाट पूर्वतर्फ तीव्र गतिमा आएको भीषण हावाहुरीले टायल र कर्कटपाताले छाएका घरका छान उडाई क्षति पु¥याएको छ । झण्डै आधा घण्टासम्म तीव्र गति वर्षासहित आएको आँधीबेहरीका कारण धनगढी उपमहानगरपालिकासहित कैलाली जिल्लामा विद्युत् आपूर्ति बन्द भएको छ ।
नेपाल विद्युत् प्राधिकरण धनगढी शाखाप्रमुख सुरेन्द्र चौधरीले आँधीका कारण पाँचवटै फिडरमा विद्युत् आपूर्ति बन्द गरिएकामा प्रसारण लाइनमा क्षति पुगे नपुगेका बारे जानकारी नआएको बताउनुभयो । आँधीसँगै वर्षा भइरहेकाले विद्युत् नियमित गराउन समय लाग्ने चौधरीले बताउनुभयो । आँधीले आँप लिचीलगायत फलफूलका हाँगा र दाना चुँडालेर ठूलो क्षति पु¥याएको छ । जिल्लामा आँधीबेहरीले पु¥याएको क्षतिका बारे जानकारी पठाउन मातहतका प्रहरी कार्यालयलाई निर्देश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २८ बैशाख २०७७, २१ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा साढे २० क्विन्टल चिनी बरामद
कैलालीको भजनी जलमग्न, ५ हजार घरधुरी डुबानमा
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
कैलाली र कञ्चनपुरको साढे ५ हजार हेक्टर जग्गामा बाह्रै महिना सिँचाइ सुविधा