काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भारतले नेपाली भूभाग लिपुलेक हुँदै सकड निर्माण गरेकोमा आपत्ति जनाएको छ ।
सो पार्टीका अध्यक्षद्वय प्रचण्ड र केपी ओलीले एक संयुक्त वित्रप्ति जारी गर्दै भारतले मानसरोबर जोड्ने सडक नेपाली भूमि मिचेर बनाएको भन्दै आपत्ति जनाएका हुन् । विज्ञप्तिमा भारतको हालको एकतर्फी कार्य दुई सरकारले उच्चस्तरीय समितिका बीचमा भएको सहमति विपरित भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा नेपाल र भारत सरकारलाई दुबै पक्षबीच भएको समझदारी अनुसार कूटनीतिक माध्यमबाट सबै सीमा समस्याहरूको समाधान गर्न तत्काल आवश्यक भएको पनि उल्लेख गरिएको छ । यस्तै भारतले त्यस क्षेत्रमा तत्काल थप सडक निर्माण कार्य रोक्न पनि माग गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ बैशाख २०७७, २२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने
नेकपा एकीकृत समाजवादीले अहिलेको पदाधिकारीलाई नै स्थायी कमिटी बनाउने
‘कांग्रेस–एमालेबाट परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र हुनसक्छ’
नेकपा स्थापनाको ७५ वर्ष पूरा, आज हीरक महोत्सव