काठमाडौं । बजेट अधिवेशन आजबाट शुरु हुदैछ । अपरान्ह ४ बजे संसदको दुवै अविधेशन राष्ट्रपति विद्यादेवी भण्डारीको आव्हानमा प्रारम्भ हुदैछ । २८ वैशाखमा प्रि बजेट छलफल र जेष्ठ २ मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी कार्यसूचि बनाएको संसदले कोरोना भाइरस (कोभिड–१९) को कहरबीच सुरु अधिवेशनको सुरक्षा लगायतका सम्पूर्ण तयारी पूरा गरेर अधिवशेन आरम्भ गर्न लागेको हो ।
त्यसका लागि हिजो देखि नै साँसद र संसद सचिवालयका कर्मचारीहरुको स्वास्थ्य परिक्षण गरिसकेको छ । त्यो क्रम आज पनि जारी रहने त्यहाँ खटिएका मेलान नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद रिजालले जानकारी दिए । राष्ट्रपतिको अधिवेशन प्रारम्भसम्बन्धी पत्र पढेर शुक्रबार बैठक प्रारम्भ गरिनेछ । राष्ट्रिय सभातर्फ अघिवेशन प्रारम्भ भएको अवसरमा दलीय आधारमा शुभकामना मन्तव्यको सम्भावित कार्यसूची तय गरिएको छ तर प्रतिनिधि सभाको कार्यसूची एकिन भइसकेको छैन् ।
अधिवेशन नभएको बेला निधन भएका पूर्व सभासद प्रा.डा. विश्वनाथप्रसाद अग्रवालको निधनमा शोक प्रस्ताव पारित हुनेछ । यस्तै, सरकारले हालै दुई अध्यादेश जारीपछि साबिकका व्यवस्था पुनः जगाउन जारी गरेको केही अध्यादेश खारेज गरी नेपाल ऐनको साबिक व्यवस्था जगाउने अध्यादेश २०७७ दुवै सदनमा प्रस्तुत हुनेछ ।
प्रधानमन्त्रीलाई १२ सिट एक्लैं !
सुरक्षा ब्यवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री केपी ओली एक्लैलाई संसदमा १२ सिट छुटटाईएको छ । भर्खरै मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको दोहोरो सुरक्षालाई मध्यनजर गर्दै त्यस्तो व्यवस्था गरिएको संसद सचिवालयले जनाएको छ । अघिल्ला दुई लहरमा रहेका १२ सिटमा प्रधानमन्त्री एक्लैलाई बस्ने व्यवस्था मिलाईएको छ । त्यसपछिका अन्य मा भने दुई दुई सिट छोडेर सांसद, मन्त्रीहरुलाई बस्ने ब्यवस्था मिलाईएको संसद सचिवालयले जनाएको छ ।
संयुक्त सदन बस्दा एक सय जना हाराहारीको संख्यामा सांसदहरूका लागि माथिल्लो हलमा बस्ने व्यबस्था मिलाइएको छ । प्रतिनिधिसभाको एकल बैठक हुँदा ४० जना हाराहारी सांसद माथि बस्नेछन् । जँहा दर्शकहरु र पत्रकारहरु यस अगाडी बस्दै आएका थिए । संसदमा प्रवेश गर्ने सांसदहरुका लागि सचिवालयले आचारसंहिता समेत बनाएको छ ।
उनीहरुलाई नयाँ वानेश्वरस्थित संसद भवन प्रवेश गर्ने बेलामै कोराना चेक जाँचको रिपोर्ट देखाउनु पर्ने, जाँदा एउटा ढोकाबाट र फर्किदा अर्काे ढोकाबाट फर्किनुपर्ने, जँहा बसिन्छ, सदन अवधीभर त्यही बस्नुपर्ने, त्यही रहेको माइकमात्र प्रयोग गर्न पाउने, घर फर्केपछि पनि परिवारका सदस्यसँग नभई एक्लै बस्नुपर्ने गरी सचिवालयले आचारसंहिता बनाएको छ । बैठकमा प्रवेश गर्नु अगावै अनिवार्य हात धुनुपर्ने, बैठक अवधीभर मेडिकल मास्कको प्रयोग गर्नुपर्ने, भौतिक दुरी कायम गरी समुहगत छलफलमा सहभागी हुन पाउने गरी आचारसंहिता बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ बैशाख २०७७, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने
कोशी प्रदेशको बजेट अधिवेशन बैशाख ३१ गते आव्हान गर्न सिफारिस
बागमती प्रदेश सभाको बजेट अधिवेशन ३१ गते आह्वान गर्न सिफारिस