काठमाडौं । सरकारले विद्यालयहरुलाई कुनै पनि कक्षा, तह र अनलाइन कक्षाका नाममा भर्ना नलिन र शुल्क नलिन आग्रह गरेको छ ।
सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकले भर्नाका नाममा कुनै किसिमले शुल्क लिने, अनलाईन पठनपाठनको नाममा शुल्क लिन वा बैंक खातामा रकम जम्मा गर्न लगाइने जस्ता कार्य रोक्न समेत आग्रह गरेको छ ।
बैठकपछि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा हाल सबै विद्यार्थीहरुको भर्ना तथा पठनपाठन स्थगित रहेको र यस सम्बन्धमा नेपाल सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नगर्न, नगराउनु समेत आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ बैशाख २०७७, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षक र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुँदै
उच्च शिक्षा मापदण्ड ऐन बनाउँदै शिक्षा मन्त्रालय
शिक्षा मन्त्रालयद्वारा १५ लाख विद्यार्थीलाई ७ अर्बको छात्रवृत्ति प्रदान
अमेरिकामा शिक्षा मन्त्रालयका कयौँ कर्मचारीलाई अवकाश
शिक्षा मन्त्रालयले पुस्तक नीति २०८१ माथि सुझाव माग्दै
कन्सल्टेन्सीको नवीकरण खुला गर्ने शिक्षा मन्त्रालयको निर्णय