बाम गठबन्धनलाइ जिताउन बुद्दीजिबीहरू जुर्मुराय

सोमबार, ०४ मंसिर २०७४, १३ : ४५
बाम गठबन्धनलाइ जिताउन बुद्दीजिबीहरू जुर्मुराय

काठमाडौ । बाम गठबन्धनका उमेदबारलाई शानदार रुपमा बिजयी बनाउने उदेश्यले धापासी क्षेत्रका बुद्धिजीबीहरुको बृहत भेलाले बरिष्ठ पत्रकार धापासी बुद्धिजिबी समाजका अध्यक्ष  टंक पन्तको  सयोजकत्वमा १ सय १ बुद्धिजिबी निर्बाचन परिचालन कमिटी बनाएको छ ।

सो क्षेत्रका प्राध्यापक , कानुन ब्यबसायी ,  लेखा परीक्षक , नागरिक अभियानता, पत्रकार , शिक्षक , इञ्जिनियर , मानबअधिकारकर्मी , निजामति, र सस्थानका  अधिकृत,  चिकित्सक , अर्थबिद , खाध बिज्ञ ,बिभिन्न बिधालयका प्रिन्सिीपल  बिभिन्न एनजिओ , आइएनजिओमा कार्यरत लगायत अन्य क्षेत्रका बिशिष्ठ महानुभाबहरु सो परिचालन कमिटीमा रहेका छन ।

 धपासी बुद्धिजिबी समाजका अध्यक्ष पन्तको सयोजकत्वमा गठित भेलाले रावजीतिक , स्थिरता , बिकास र समृद्धिका  अर्को निर्बाचन नभए सम्म स्थायी सरकार आबश्यक भएकोले  त्यसका लागि आआपनो ठाउंबाट प्रभाबकारी रुपले पहल गर्ने १५ दिने कार्ययोजना समेत बनाएको समाजका सचिब अधिबक्ता सुर्यकुमार बिमलीले  जानकारी गराएका छन ।
मुलुकमा गणतन्त्र आएपनि जनताले परिबर्तनको अनुभुति गर्न नपाउनुमा स्थायी सरकारको अभाव पनि एउटा प्रमुख कारण भएको , कुनै पनि दलको बहुमत नहुना साथ सांसद किनबेच हुने , सरकार  प्रत्येक ६ महिनामा परिबर्तन हुने गरेको कारण देशमा स्थायित्व , बिकास र सबिधानसभाले सबिधान कार्यान्वयन हुन नसकेकोले बहुमतको सरकार अनिबार्य भएको निष्कर्ष भेलाले गरेको छ ।

नेकपा एमाले , माओबादी , परिबारदल , राष्टिय जनमोर्चा सहितका दलहरुको बाम गठबन्धन बलियो शक्तिका रुपमा देखा परेको कारण बाम गठबन्धनले मात्रै बहुमत हासिल गर्न सक्ने निष्कर्ष सहित बाम गठबन्धनका उमेदबारलाई जिजय गराउन सशक्त ढंगले क्रियाशील बनाएको योजनालाई सोमबार देखि प्रभाबकारी लागु गरिएको बताइएको छ ।
कुनै शक्ति वा उमेदबारका बिरुद्ध नभई बाम गठबन्धनका उमेदबारलाई बिजय गराउन धापासी क्षेत्रका करीब ५ सय बुद्धिजीबी पििरचालित भएको बताइएको छ ।  देशका उमेदबारलाइ बिजय गराउने अभियान लागि पर्ने त्यसमा काठमाडौ निर्बाचन क्षेत्र ५ का एमालेका उमेदबार नेकपा एमालेका महासचिब इशवर पोख्रेल ,  प्रदेश सभाका उमेदबार दिपक निरौला र नारायण सिलवालाई बिजय गराउने गरी प्रभाबकारी रुपमा लाग्ने गरी योजना भेलाले बनाएर लागु गर्न थालिसकेको छ ।

प्रतिक्रिया दिनुहोस