काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार १६८ जनाको कोरोना भाइरस (कोभिड–१९) परीक्षण भएको र तीमध्ये कसैलाई पनि कोरोना सङ्क्रमण देखिएको छैन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म विस्तृत परीक्षण अर्थात् पीसीआरमार्फत आठ हजार ८१ र दु्रत आरडीटीबाट २१ हजार ४८६ जनाको परीक्षण भएको जानकारी दिएको छ । नियमित पत्रकार सम्मेलनमा आइतबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ७७ वटै जिल्लामा आरडीटी परीक्षण सुरु भइसकेको जानकारी दिए ।
उनले हाल देशभर १०३ जना कोरोना सङ्क्रमणको आशङ्कामा आइसोलेसनमा रहेको स्पष्ट पारे । तीमध्ये काठमाडौंँमा पाँच र काठमाडौँ बाहिर ९८ जना रहेका छन् ।गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस