भोकभोकै हिडेर  घर जान आएका मजदुरका लागि संजीवनी बुटी बन्दिए रामनगरका बासिन्दा

सफल खबर संवाददाता

आइतबार, ०७ बैशाख २०७७, २० : १२
भोकभोकै हिडेर  घर जान आएका मजदुरका लागि संजीवनी बुटी बन्दिए रामनगरका बासिन्दा

प्रकाश सिग्देल
चितवन । लकडाउका कारण राजधानी काठमाण्डौ र आसपासका जिल्लाबाट रातदिन भोकभोकै हिडेर आफनो घर जान आएका मजदुरका लागी रामनगरका बासिन्दा सन्जीबनि बुटी बनेका छन् ।   रातदिनको हिडाईको थकान भोक र प्यासले छट्पटीदै राजमार्गमा खुट्टा कपाउदै हिडेका मजदुरका लागी रामनगर आएपछि नसोचेकोे आनन्दको अनुभुती मिल्ने गरेको छ ।

रामनगर  सम्म आएकाहरु  भोको पनि रहनु नपर्ने  र हिडेर पनि जानु पर्दैन यो ब्यवस्था रामनगर बासिले दिनरात खटिएर मिलाएका छन् ।  यसमा नेत्रित्व गर्दै हुनुहुन्छ समाजसेबी टंक न्यौपाने । अनि उहाको अभियानलाई पुरै रामनगरबासिले साथ दिएका छन् । समाजसेबी  टंक न्यौपानेको अध्यक्षतामा राहत संकलन तथा बितरण समिति निमार्ण गरेर स्थानियहरुले दिनरात सडकमा यात्रा गर्ने मजदुरलाई खाना खुवाईरहेका छन् ।

२८ गते देखी बिहान बेलुका गरेर आजका मिति सम्म १४ सय बढिले खाना खाएको समितिका संयोजक न्यौपानेले बताउनु भयो । भरतपुर महानगरको समन्वय र महानगर प्रमुख रेनु दाहालको निगरानीमा  आफुहरुले बिहान बेलुका र राति पनि आउनेहरुलाई खाना खुवाएर सवारी साधनमा समेत  चढाएर पठाउने गरेको न्यौपानेको भनाई छ ।

रामनगरका स्थानियहरुले दैनिक जसो एक जनाले भोजनका लागी सहयोग गरेको न्यौपानेको भनाई छ ।  यो अभियानमा उद्यमी राजेन्द्र अर्याल,  समाजसेवी फणिन्द्र भण्डारी,  नेकपा चितवनका जिल्ला कमिटि सदस्य मधु न्यौपाने, उद्योग बाणिज्य संघ चितवनका कार्यसमिति सदस्य भानु न्यौपाने वडा नम्वर १ का वडा सदस्य याम बहादुर राना मगर, समाजसेवी भरत भण्डारी , माधव नगरकोटी,  राजु ठकुरी लगायत अन्य युवाहरु सहभागी छन् ।

‘वृद्धवृद्धादेखि बालबालिकासमेत भोकभोकै हिँडिरहेको देख्दा मनै कटक्क खायो । लकडाउन भन्दै कति झ्यालबाट उनीहरूका दुःख हेरेर बस्ने भन्ने लाग्यो । त्यसपछि हामीले मिलेर आर्थिक संकलन र्गयौँ, अनि सहयोगमा जुट्यौँ,’संयोजक न्यौपानेले  भन्नु भयो  ।  ३५० घरधुरीलाई परिवार संख्याका आधारमा १५ किलो देखी २३ किलो सम्म चामल र अन्य दाल तथा तेल समेत बितरण गरेको समितिले जनाएको छ ।

अब  केहि दिनमा अति बिपन्न परिवारलाई पुनः राहत बितरण गर्ने योजना समितिले बनाएको छ ।  रामनगरका सबै स्थानिय एक परिवार भएर सबैको सुख दुखमा साथ दिदै आएको र समितिले प्रभावकारी ढंगले काम गरिरहेको रामनगरको न्यु शिव शंक्ति होटलका सन्चालक  ब्यवसायी बिनोद भण्डारीले बताउनु भयो ।  पसिना बगाउन र देश बनाउन सहर पसेका मजदुर लकडाउनले अलपत्र परेर भोकले छटपटाउँदै राजमार्गमा हिडिरहेका यात्रुलाई खाना खुवाउन पाउदा आफुहरुले पुण्य काम गरेको अनुभुती भएको स्थानिय तारानाथ कुँवरले बताउनु भयो ।

रामनगरमा खाना खुवाउछ भन्ने थाहा पाएपछि ट्रकले समेत आफुले ल्याएका मान्छेलाई यहि झारिदिने र आफुहरुले खाना खुवाएर पुन अर्को ट्रकमा चढएर पठाउने गरेको उहाको भनाई छ । अहिले ठाउँठाउँमा स्थानीय सक्रिय भएर खाना खुवाउन थालेका छन् ।  नवलपुर जिल्लाकोे बिभिन्न ठाउमा पनि स्थानियहरुले पानि र चाउचाउ बटुवालाई बाँडिरहेका छन् । सरकारले लकडाउन घोषणा गरेर घरभित्रै बस्न आदेश दिएको छ, तर हजारौं मजदुरले रोजगार गुमाएपछि छाक टार्न सकेका छैनन । सहरमा अलपत्र परेपछि ताँति लागेर गाउँ फर्कदैछन  ।

प्रतिक्रिया दिनुहोस