कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४५ हजार नाघ्यो, करिब २२ लाख संक्रमित

शुक्रबार, ०५ बैशाख २०७७, १० : ०५
कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४५ हजार नाघ्यो, करिब २२ लाख संक्रमित

काठमाडौँ । कोरोना भाइरस ९कोभिड १९० का कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार पाँच सय २१ पुगेको छ । झण्डै २२ लाख मानिसहरु संक्रमित भएका छन् । विश्वभरका संक्रमित मध्ये झण्डै ७ लाख संक्रमित अमेरिकामा फेला परेका छन् ।

विश्भर २१ लाख ८२ हजार १ सय ९७ जना संक्रमित मध्ये पाँच लाख ४७ हजार २ सय ९५ जना उपचारपछि निको भएका छन् । अहिले १४ लाख ८९ हजार ३ सय ८१ जनाको उपचार भइरहेकोमा ५६ हजार पाँच सय ५८ जनाको अवस्था गम्भीर रहेको छ । बिहीबार मात्रै झण्डै ७ हजार मानिसको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

सबैभन्दा धेरै अमेरिकामा २ हजार १ सय ७४, बेलायतमा ८ सय ६१,फ्रान्समा ७ सय ५३, इटालीमा ५ सय २५, स्पेनमा ५ सय ३ बेल्जियममा ४ सय १७ जनाको बिहीबार मात्रै मृत्यु भएको छ । अमेरिकामा हालसम्म ३४ हजार ६ सय १७, इटालीमा २२ हजार १ सय ७०, स्पेनमा १९ हजार ३ सय १५, फ्रान्समा १७ हजार ९ सय २०, बेलायतमा १३ हजार ७ सय २९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

नेपालमा हालसम्म १६ जनामा कोरोना संक्रमण देखिएकोमा २ जना उपचारपछि निको भएका छन् भने १४ जनाको उपचार भइरहेको छ।