काठमाडौं । सांसदहरू यतिबेला मन्त्रीलाई गुनासा सुनाउन चाहन्छन् । गाउँठाउँले भोगिरहेको समस्यादेखि राष्ट्रियस्तरमा भइरहेको गडबडीका विषयमा उनीहरूका थुप्रै प्रश्न छन् । सरकारलाई सोध्नुपर्ने प्रश्न मनमै गुम्सिएर बसेको बताउँछिन्, कांग्रेस सांसद रंगमती शाही ।
संसद् अनिश्चितकालका लागि बन्द भएपछि सरकारलाई हाइसन्चो भएको आरोप लगाउँछिन्, उनी । हुम्लाबाट प्रतिनिधित्व गर्ने शाहीसँग यतिवेला सरकारलाई खबरदारी गर्नुपर्ने थुप्रै विषय छन् । गृहजिल्लामा खाद्यान्नको अभाव भएको, स्वास्थ्य सामग्री नभएको, विदेशबाट आउने मान्छे अलपत्र परेको, क्वारेन्टाइनको पर्याप्त व्यवस्था नभएकोजस्ता समस्या समाधान गर्न सरकारले के–कस्तो तयारी गरिरहेको छ भन्ने विषयमा जवाफ खोजिरहेकी छिन्, उनी ।
‘हाम्रो कर्णालीमा रोगले भन्दा भोकले मान्छे मर्लान् जस्तो छ । चीनको नाका बन्द छ, आफ्नोतिरबाट खानेकुरा पुगेको छैन । सरकारले कम्तीमा चामल त पु¥याइदिनुपर्छ,’ उनी भन्छिन्, ‘जनताले मसँग जवाफ खोज्छन् । म सरकारसँग जवाफ माग्न खोज्छु, तर मन्त्रीहरू फोन उठाउँदैनन् । म्यासेज रिप्लाई गर्दैनन् । संसद् नभएर साह्रै अप्ठ्यारो भएको छ ।’
आजको नयाँ पत्रिका लेख्छ–प्रश्नहरूको सामना गर्नु नपरेपछि सरकारको मैमत्तापन बढेको र जवाफदेही हुनुनपरेको उनको भनाइ छ । सरकारलाई नियन्त्रण र निगरानी गर्न पनि संसदीय समिति वा संसद् कुनै पनि माध्यमबाट सञ्चालन गर्नुपर्ने उनी बताउँछिन् । नेकपाकै सांसद गजेन्द्रबहादुर महत पनि सरकारलाई ‘चेक एन्ड ब्यालेन्स’मा राख्न पनि संसद् सञ्चालन गर्न जरुरी भइसकेको बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसद्मा उठ्यो पांग्रा छाड्ने विमानको विषय, छानबिन आयोग गठन गर्न माग
संसद्मा हंगामा गरेपछि आम आदमी पार्टीका १३ सांसदलाई विधानसभाबाट निकालियो
कानुन अनुसार नै केबुलकार बनाउने जिम्मा दिएको बिर्सन हुँदैन : योगेश भट्टराई
संसद्को कार्यसूचीबाट हट्यो भ्रष्टाचार विधेयक
संसद्को दुवै सदनको कार्यसूचीमा छैन अध्यादेश