काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । जहाँ अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८१/०८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल विधेयक सभामा पेस गर्दैछन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।
तर, यही २४ गते स्थगित भएको अध्यादेश अगाडि बढाउने कार्यक्रम भने कार्यसूचीमा परेको छैन । स्थगित गर्दा नेताहरूले २७ गतेको सभामा अध्यादेश अगाडि बढ्ने बताएका थिए । तर, आइतबारको दुवै सदनको सम्भावित कार्यसूचीमा अध्यादेश रहेको छैन ।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । जहाँ महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । यसका अलावा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ माघ २०८१, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्मा उठ्यो पांग्रा छाड्ने विमानको विषय, छानबिन आयोग गठन गर्न माग
संसद्मा हंगामा गरेपछि आम आदमी पार्टीका १३ सांसदलाई विधानसभाबाट निकालियो
कानुन अनुसार नै केबुलकार बनाउने जिम्मा दिएको बिर्सन हुँदैन : योगेश भट्टराई
संसद्को कार्यसूचीबाट हट्यो भ्रष्टाचार विधेयक
संसद्का दुवै सदनको बैठक बस्दै, के के छन् कार्यसूची ?
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची