काठमाडौँ । सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक आज बस्ने भएका छन् । बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नेछ भने दिउसो १:१५ मा राष्ट्रियसभा बैठक बस्नेछ ।
प्रतिनिधि सभा बैठकमा 'बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०'का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिनेछ । त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको 'नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
उनले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव समेत प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ चैत्र २०८१, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्मा उठ्यो पांग्रा छाड्ने विमानको विषय, छानबिन आयोग गठन गर्न माग
संसद्मा हंगामा गरेपछि आम आदमी पार्टीका १३ सांसदलाई विधानसभाबाट निकालियो
कानुन अनुसार नै केबुलकार बनाउने जिम्मा दिएको बिर्सन हुँदैन : योगेश भट्टराई
संसद्को कार्यसूचीबाट हट्यो भ्रष्टाचार विधेयक
संसद्को दुवै सदनको कार्यसूचीमा छैन अध्यादेश
संसद्का दुवै सदनको बैठक बस्दै, के के छन् कार्यसूची ?