काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमा रु एक करोड सहयोग गरेको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आज कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गर्नुभएको हो ।
सिंहदरबारमा आज आयोजित एक कार्यक्रमबीच उक्त सहयोग रकमको चेक उपप्रधानमन्त्री पोखरेललाई हस्तान्तरण गरिएको महानिर्देशक पोखरेलले जानकारी दिनुभयो ।
प्राधिकरणले कोभिडको सङ्क्रमण नियन्त्रण तथा उपचारका लागि सरकारको अभियानलाई सहयोग पु¥याउन संस्थागत रुपमा सहयोग गरिएको उल्लेख गरेको छ । प्राधिकरणले यसअघि कर्मचारीका तर्फबाट रु ५१ लाख सात हजार सहयोग गरेको पनि महानिर्देशक पोखरेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०३ बैशाख २०७७, २२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल एयरलाइन्सका पाइलट विजय लामा र भावना पन्त ‘ग्राउन्डेड’
धरानमा विमानस्थल बनाउन सम्भव नरहेको प्राधिकरणको निष्कर्ष
११ महिनामा एक करोड १९ लाखले गरे हवाई यात्रा
भूकम्प पीडितलाई नागरिक उड्डयन प्राधिकरणको एक करोड सहयोग गर्ने
प्राधिकरणद्वारा मनाङ एयरको वायुसेवा सञ्चालन प्रमाणपत्र निलम्बन