काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्ने कानुन ल्याउन लागिएको भन्दै प्राधिकरणमा कार्यरत कर्मचारीहरूका संगठनले विरोध जनाएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ तुरुन्त फिर्ता गर्नुपर्ने माग राख्दै आधिकारिक ट्रेड युनियन प्राधिकरणले कार्यालयमा धर्ना दिएका हुन् ।
उनीहरूले हवाई क्षेत्रमाथि निजीकरण गर्न लागिएको भन्दै विरोध जनाएका छन् । दुई विधेयक देशको हितमा नरहेको भन्दै विरोध गरिएको आधिकारिक ट्रेड युनियन, नेपाल नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष सुवास कोइरालाले बताए ।
उनले सरोकारवालासँग कुनै छलफल नगरी ल्याइएको भन्दै विधेयक फिर्ता नभएसम्म निरन्तर आन्दोलन गरिने उल्लेख गरे ।
सरकारले ल्याएको विधेयक विमानस्थलको निजीकरण गरी राज्यको स्रोतको माफियाकरण गर्ने कुनियततर्फ लक्षित रहेको उनले आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ चैत्र २०८१, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १६ घण्टा सञ्चालनमा आउने
नेपाल एयरलाइन्सका पाइलट विजय लामा र भावना पन्त ‘ग्राउन्डेड’