- विश्वराज सुवेदी
तिर्थाटनको लागि आरम्भ गरिएको धार्मिक यात्राको स्वरुप पर्यटन मनोरञ्जनको महत्वपुर्ण माध्यम बन्न पुग्यो राणाशासनको अन्त्यसंगै सन. १९५० मा बाह्य देशहरुलाई नेपालमा आउन ढोका खुल्ला गरेपछि पदमार्गको सुरुवात भयो । सन १९५३ मे २९ मा तेन्जिङ्ग नोर्गे र एडमण्ड हिलारीले विश्वको उच्च शिखर सगरमाथा आरोहण गर्न सफल भएपछि बाह्य पर्यटकको ध्यान नेपालतर्फ आार्षित हुन थाल्यो । सन १९५५ मा थोमस कुकले ६० जना पर्यटक नेपाल भ्रमण गराएपछि पर्यटन तर्फ चासो बढ्रदै गयो ।
नेपालमा संगठित रुपमा पर्यटन विकास गर्ने उद्देश्यले सन. १९७५ मा पर्यटन विकास बोर्डको स्थापना गरियो । त्यसै गरि बाह्यराष्ट्रमा प्रभावकारी पर्यटन प्रर्वद्वन गर्न सरकारी तथा नीजि क्षेत्रको संयुक्त सहभागितामा सन. १९९८ मा विश्वपर्यटन संगठन र प्यासिपिक एसिया ट्राभल एशोसिएसन जस्ता अन्तराष्ट्रीय स्तरका संस्थाहरुको सदश्यता लिएपछि नेपालमा पर्यटनका गतिविधिहरु बढ्न थाल्यो । दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सन. १९७२ मा होटल व्यबस्थापन तथा पर्यटन तालिम केन्द्रको स्थपना भयो भने दिगो पर्यटन विकासको लागि सोही वर्ष २० वर्षे लक्ष्य सहितको पर्यटन गुरुयोजना तयार गरियो ।
नेपालको प्रतिष्ठा बाह्यराष्ट्रमा बृद्वि गर्न प्राकृतिक सांस्कृतिक, धार्मिक एबम् ऐतिहासिक सम्पदाहरुको प्रचारप्रसार गरि पर्यटनको संख्या र बसाई अवधि बृद्वि गर्ने उद्देश्यले आयोजित नेपाल भ्रमण वर्ष १९९८, नेपाल पर्यटन वर्ष २०११ जस्ता कार्यक्रमले पर्यटन विकासमा उल्लेखनीय योगदान पु¥याएको देखिन्छ । तर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएर शुरुवात गरिएको राष्टी«य उत्सव नेपाल भ्रमण वर्ष २०२० अकल्पनीय कोराना भाइरसको कारण वीचमै बन्द गर्नुप¥यो । यसबाट आर्थिक मेरुदण्डको महत्वपुर्ण आधार पर्यटन क्षेत्रमा अपुरणीय क्षती हुन गयो ।
पर्यटन क्षेत्रमा प्रभाव
विश्वब्यापी रुपमा फैलिएको कोरोना कहरबाट विकसित तथा शक्तिसाली राष्ट्रनै आक्रान्त भएकाले नेपालमा पनि सामाजिक, आर्थिक र राजनैतिक प्रभाव पर्दछ । उद्योग, वाणिज्य, शिक्षा, स्वास्थ्य, सवै क्षेत्रलाई असर पू¥याएको यस महामारीले पर्यटन क्षेत्रलाई संकटमा पु¥याएको छ । शेयर मुल्य घट्दै जानु, सुन र डलरको मुल्य बढ्दै जानु, अन्तराष्ट्रीय सहयोगमा कटौती हुनु, रेमिट्यान्स घट्नु, रोजगारी कटौती हुनु, बैदेशिक मुद्रा संचितिमा ह्रास हुनु, जनताको क्रयशक्ति घट्नु आदि सुचांकले पर्यटन क्षेत्रको भविष्य झन अन्यौल देखिन्छ ।
कोभिड १९ को कारण बन्द गरिएको यात्रा प्रतिबन्धले नेपालको हवाई सेवा, यातायात सेवा, रेष्टुरेन्ट, होटल, रिर्सोट, ट्राभल एजेन्सी लगायत पर्यटन क्षेत्रमा अरवौ नोक्सानी सहनुपरेको छ । भारत, चीन, अमेरिका, श्रीलंका, बेलायत जस्ता पर्यटक आउने राष्ट्र आफ्नै अर्थब्यबस्था उकास्न लाग्ने हुँदा पर्यटकको संख्या र वित्तीय सहयोग व्यापक कटौतीको सामना गर्नुपर्ने छ । प्रत्यक्ष रुपमा ५ लाख जनताको यस क्षेत्रमा रोजगारी कटौती भएको छ भने स्थानीय कृषकका खाद्यान्न, तरकारी, दुध, फलपूल, माछा, मासु आदिको खपत नहुदाँ राष्ट्रिय अर्थतन्त्र नै धारासायी हुँदै गएको छ । सन. २०१८ मा कुल ११ लाख ७३ हजार बाह्य पर्यटकले नेपालको भ्रमण गरेका थिए भने २०१९ मा ११ लाख ९७ हजार पर्यटक आएका थिए । यस वर्ष लक्ष्यभन्दा ज्यादै न्युन संख्यामा पर्यटकले भ्रमण गर्ने हुँदा नेपालले अरवौ नोक्सानी बहन गर्नुपर्नेछ । कुल ग्राहस्थ उत्पादनमा ८ प्रतिशत योगदान रहेको पर्यटन क्षेत्रबाट राजस्वमा व्यापक कटौती हुने देखिन्छ ।
पुर्नउत्थानका कदमहरु
ऐतिहासिक, धार्मिक, सांस्कृतिक एबम् प्राकृतिक सम्पदाले परिपुर्ण पर्यटकीय आकर्षणको केन्द्र नेपालको पर्यटन क्षेत्र विगतमा पनि युद्ध, भुकम्प, बाढी, पहिरो, सोनामी, सार्स, इन्फ्लुन्जा , स्वाइन फ्लु, डेङ्गु बर्डफ्लु, मर्स, इभोला, जीका भाइरसको संकटबाट पुर्नउत्थान गर्न सरकार तथा नीजि क्षेत्रको सहकार्यमा सम्भव भएको थिो। त्सरइ नै वर्तमा संकट समाधान गर्न अल्पकालिन तथा दीर्घकालिन रणनीतिक योजना बनाएर सरोकारवालाहरुको आफ्नो भूमिका सक्रिय रुपमा पुरा गर्नुपर्दछ ।
अल्पकालिन कार्य अन्र्तगत तत्काल राहत प्रदान गर्न पर्यटन क्षेत्रमा व्यवसायीले लिएका ऋणहरुको बैंक किस्ता केही पछि तिर्ने गरि पर सार्ने, किस्ता भुक्तानी अवधि विस्तार गर्ने, घरभाडा, जग्गाभाडा तथा करमा छुटको व्यवस्था गर्ने जस्ता कार्य गर्नुपर्दछ । ओरालो लागेको पर्यटनलाई उकास्न सरकारले कर्मचारीलाई एकहप्ते आन्तरिक भ्रमण प्याकेज प्रदान गर्नुपर्दछ । तलव तथा नियमित खर्च धान्न नसक्ने विषम परिस्थितीको सामना गर्ने वातावरण तयार गरी व्यवसायीलाई टाट पल्टिनबाट बचाउनुपर्दछ ।
दिर्घकालिन योजना अन्र्तगत पर्यटन व्याबसयलाई उद्योग सरह सरकाी मान्यता प्रदान गरी अपत आवश्यकीय सेवा अन्र्तगत सुचिकृत गर्ने, विश्व सम्पदा सुचीमा सुचीकृत सम्पदाको आकर्षण बृद्वी गर्ने, नयाँ गन्तव्यको पहिचान गरी राष्ट्रीय तथा अन्तराष्ट्रीय वजारमा प्रर्वद्वन गर्ने, डिजिटल प्रविधिको प्रयोग गरी वजारीकरण गर्ने, पर्यटकीय क्रियाकलापहरुको वृद्वि गर्ने, स्वास्थ्य पर्यटन, कृषि पर्यटन, तथा पर्या पर्यटनलाई विशेष जोड दिइ आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्रमा प्राथमिकताका साथ प्रयाप्त वजेट वितियोजन गर्ने जस्ता कार्यहरु कार्यान्वयन गर्नुपर्दछ ।
अन्त्यमा विश्व अर्थतन्त्रमा मन्दिले संकटग्रस्त पारेको यस विषम परिस्थितीमा हरेक राष्ट्र आत्मकेन्द्रित हुनेहुँदा नेपालले पनि आफुसंग भएको स्रोत र साधनको उच्चतम सदुपयोग गरी आर्गनिक उत्पादन र पर्यटन विकासमा जोड दिनुपर्दछ तसर्थ भौगोलिक अवस्था, प्रयाप्त सम्पदा, मौलिक संस्कृती, उच्च प्रतिस्पर्धात्मक क्षमता भएको पर्यटन क्षेत्रलाई सजिवता प्रदान गर्न सरकार र नीजी क्षेत्रको समन्वय तथा सहकार्यबाट कोरोनाभाइरस द्वारा सृजित विपत् व्यवस्थाप गर्न ढिलो गर्नुहुदैन ।
लेखक भरतपुर महानगरपालिकाको पर्यटन विज्ञ सल्लाहकार हुन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट