भूमि आयोगको अध्यक्षमा देवी ज्ञवाली नियुक्त

सफल खबर संवाददाता

बुधबार, ०३ बैशाख २०७७, ०९ : ३३
भूमि आयोगको अध्यक्षमा देवी ज्ञवाली नियुक्त

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोगको अध्यक्षमा देवी ज्ञवालीलाई नियुक्त गरेको छ । चितवन निवासी नेकपाका नेता ज्ञवालीलाई मंगलबार बसेको मन्त्रिपरिषद्  बैठकले आयोगको अध्यक्षमा नियुक्त गरेको हो ।

समितिलाई भूमिहिन सुकम्बासी तथा अव्यवस्थित  बसोबासीको समस्या समाधान गर्ने अधिकार दिइएको  बैठकपछि एक मन्त्रीले जानकारी दिए । २०४६ सालयता बनेका सरकारले भूमि समस्या समाधानका लागि १४ वटा आयोग गठन  गरिसकेको छ ।

ज्ञवाली १५ औं आयोगको अध्यक्ष हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा तत्कालीन नेकपा एमालेको तर्फबाट ज्ञवाली मेयरमा उम्मेदवार थिए । उनी हालका मेयर रेनु दाहालसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस