लहान । नेपालतर्फ आउन लागेका भारतीय नागरिकलाई सीमामा रोक्न खोज्दा आज सिरहाको सोहर्वामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ ।
नेपाल–भारत सीमा नाकाबाट अवैध आवतजावत रोक्न खटिएको सशस्त्र प्रहरी र भारतीय नागरिकबीच आज दिउँसो झडप हुँदा भारतीय नागरिकले प्रहार गरेको ढुङ्गा लागेर एक सशस्त्र प्रहरीका जवान घाइते भएका छन् ।
दूध लिएर भारतीय नागरिक नेपालतर्फ आउन लागेपछि सशस्त्र प्रहरीले रोक्न खोज्दा करीब २०–२५ जनाको समूहले सीमापारिबाट ढुङ्गा हान्न थालेपछि झडप भएको सिरहाका सशस्त्र प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिनुभयो ।
झडपका क्रममा ढुङ्गाको चोट लागेर सशस्त्र प्रहरीका जवान राजनकुमार चौधरी घाइते भएका छन् । घाइते चौधरीको निधारमा तीनवटा टाँका लगाइएको र अवस्था सामान्य रहेको सशस्त्र प्रहरी उपरीक्षक कँडेलले बताउनुभयो ।
आफ्नो बुबालाई दूध लिएर नेपालतर्फ पस्न नदिएपछि मोहनकुमार यादवले भारतीय गाउँ कुमरखत पुगेर २०–२५ जनाको समूहलाई सीमा क्षेत्रमा ल्याएर ढुङ्गा हान्न लगाएको सशस्त्र प्रहरीको भनाइ छ । सशस्त्र प्रहरीले यादवलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहालाई बुझाएको सशस्त्र प्रहरी उपरीक्षक कँडेलले बताउनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री कार्की
बिरगंजको विभिन्न ठाउँमा रहेका गोदाममा सशस्त्र प्रहरीको छापा , ४४ लाख बढिको अवैध सामान बरामद
सशस्त्र प्रहरीद्धारा नेपाल चीन सीमाका स्तम्भको अनुगमन
सशस्त्र प्रहरी नायव उपरीक्षक कार्कीमाथि कारबाहीको तयारी
सशस्त्र प्रहरीले बरामद गर्याे साढे २३ लाखको काजु र किसमिस
सशस्त्रको एक फौज २४ सै घण्टा सीमा गस्तीमा