सशस्त्र प्रहरी नायव उपरीक्षक कार्कीमाथि कारबाहीको तयारी

सफल खबर संवाददाता

आइतबार, २० जेठ २०८१, ०८ : २३
सशस्त्र प्रहरी नायव उपरीक्षक कार्कीमाथि कारबाहीको तयारी

काठमाडौ । प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डा. नेत्र बहादुर कार्कीलाई सरकारले कारबाहीको तयारी गरेको छ ।

स्याङ्गजाको विरूवा गाउँपालिका वडा नम्बर १ स्थायी बतन भएका उनी गत चैत १४ गतेदेखि सम्पर्कबिहीन भएको गृह मन्त्रालयले जनाएको छ । 

एपीएफ अस्पताल, बलम्बु काठमाडौं दरबन्दी कार्की बिदा स्वीकृत नगराई बिना सूचना लामो समयसम्म अनुपस्थित रहेर जिम्मेवारी एवं आचरण विपरितको कार्य गरेको देखिएको हुँदा उनलाई सशस्त्र प्रहरी नियमावलीअनुसार भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने तयारी भएको हो । 

यदि विभागीय सजाय गर्नु नपर्ने कुनै मनासिव कारण भए बाटोको म्याद ७ दिनभित्र सफाई पेश गर्न मन्त्रालयले निर्देशन पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस