डोटी । विश्व कोरोना भाइरस ९कोभिड–१९० को महामारीमा छ। नेपालमा हालसम्म नौजनामा संक्रमण भेटिएको छ। जसमा चारजना सुदूरपश्चिमका छन्। चारैजनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको मात्र उपचारमा खासै समस्या देखिएको छैन र ठूलो मात्रामा संक्रमण पनि फैलिएको छैन। तर जोखिमको खतरा भने उच्च छ। यही जोखिम न्यूनीकरण गर्न मुलुकभर लगाइएको लकडाउन तेस्रो साता चलिरहेको छ।
सुदूरपश्चिममा कोरोना संक्रमण युरोपका विभिन्न मुलुकमा वा छिमेकी मुलुक भारतमा जसरी फैलिए के होला रु यसको कल्पना गर्नसमेत स्वास्थ्यकर्मी डराइरहेका छन्। उनीहरुको डरको मुख्य कारण हो– पूर्वाधार, उपकरण र जनशक्ति अभाव।
केही दिनअघि डोटी जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ज्योति पाण्डेले जिल्लामा कसैलाई कोभिड–१९ को संक्रमण पुष्टि भए उपचारका लागि आइसियू र भेन्टिलेटर भएको ठाउँमा पठाउनुपर्ने बताएकी थिइन्। सरकारले कोभिड–१९ संक्रमण भएका र सदिग्ध बिरामीलाई जिल्ला अस्पतालमै उपचार व्यवस्था मिलाउन निर्देश गरेको छ। सरकारको निर्देशनपछि जिल्ला अस्पतालहरुले जसोतसो व्यवस्था मिलाइरहेका छन्। ‘अहिले सामान्य बिरामीलाई त यहीं उपचार गर्ने व्यवस्था मिलाएका छौं,’ डा। पाण्डेले भनिन्, ‘गम्भीर अवस्थाका बिरामी भए त बाहिर पठाउनैपर्छ।’
डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। जगदीश बिष्ट कोरोना संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीलाई आइसोलेसन आइसियूमा नराखे ज्यान नै जोखिममा पर्न सक्ने बताउँछन्। ‘सामान्य अवस्थाकालाई त जिल्लामै उपचार गरौंला,’ उनले भने, ‘गम्भीर अवस्थाका बिराममीलाई त भेन्टिलेटरसहितको आइसोलेसन आइसियू चाहिन्छ। जुन हामीसँग छैन।’ नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका पालिका तहका रिक्त यी ६ पदमा उपनिर्वाचन हुँदै
सुदूरपश्चिमका ६ जिल्लामा माओवादीका इन्चार्ज हेरफेर
सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै
पहिरोले सुदूरपश्चिमका प्रमुख राजमार्ग अवरुद्ध
सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको संख्या बढ्दै
सुदूरपश्चिममा बढे औलो रोगका बिरामी