काठमाडौँ । नेपाल आयल निगमले आइतबारदेखि खाना पकाउने ग्यासको भरी सिलिण्डर बजारमा ल्याउने भएको छ । ग्यासको आपूर्ति पर्याप्त मात्रामा भएकाले नेपाल आयल निगमले बिहीबारदेखि भरी सिलिण्डर भर्न उद्योगीलाई निर्देशन दिएको हो ।
निगम सञ्चालक समितिको बुधबारको बैठकले १४.२ किलो (पूरै भरिएको) को सिलिण्डर ग्यास बिक्री विरतण खुला गर्ने निर्णय गरेको हो । सबै ग्यास उद्योगहरुलाई बिहीबारदेखि नै भरी सिलिण्डर ग्यास भर्न निर्देशन दिएको निगमका प्रवक्ता वीनितमणि उपाध्यायले जानकारी दिए । बजारमा भएका आधा सिलिण्डर बिक्री सकिएपछि आइतबारबाट मात्रै भरी सिलिण्डर ग्यास बिक्री गर्न निगमले निर्देशन दिएको छ ।
बजारमा खाना पकाउने ग्यासको माग उच्च भएपछि निगमले चैत १६ गतेदेखि मुलुकभर आधा सिलिण्डर ग्यास बिक्री गर्न थालेको थियो । ७. १ केजी सिलिण्डर मौज्दातमा नभएका बिक्रेतामार्फत मात्र भरी सिलिण्डर बिक्री गर्नुपर्ने छ । ग्यास उदोग तथा बिक्रेताबाट ७.१ केजी र १४.२ केजी भरिएका सिलिण्डर सँगै बिक्री गरेको पाइएको कारबाही गरिने निगमले जनाएको छ । करोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २७ चैत्र २०७६, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल आयल निगम रूपन्देहीको प्रादेशिक इन्धन डिपोको डीपीआर अन्तिम चरणमा
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो
नेपाल आयल निगमले माग्यो विभिन्न पदका लागि कर्मचारी (सूचना सहित)
पेट्रोलियम पदार्थको मूल्य घट्यो