न्यूयोर्क । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा थप एक नेपालीको मृत्यु भएको छ । स्थानीय समयअनुसार आज बिहान बिहान ५ः१८ मा क्वीन्सको एल्मर्स्ट अस्पतालमा ङिमा तेम्बा शेर्पाको मृत्यु भएको हो ।
शेर्पा किदुगका आजीवन सदस्य समेत रहेका थिए । किदुगका अध्यक्ष उर्गेन शेर्पाले इनेप्लिजलाई दिएको जानकारीका अनुसार दुई दिनअघि नै उनको मृत्यु भएको हल्ला चलेपनि उनको मुटुको चाल बन्द नभएको र आज बिहान अस्पतालले मृत घोषणा गरेको थियो ।
स्वर्गीय शेर्पा कोरोना भाइरस संक्रमणका कारण विगत केही हप्तादेखि अस्पतालमा उपचारारत थिए । शेर्पाको निधन भएको उनका दाजु ल्हाक्पा युला शेर्पाले पुष्टि गरेको किदुगले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ चैत्र २०७६, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै