कोरोना संक्रमित नभएको एउटा देश !

बुधबार, २६ चैत्र २०७६, ०७ : ५२
कोरोना संक्रमित नभएको एउटा देश !

एजेन्सी । विश्वमा कोरोना भाइरस ९कोभिड १९०को संक्रमितको संख्या करिब १३ लाख ६५ हजार पुगेको छ । करिब ७७ हजारको ज्यान गइसकेको छ । कोभिड १९ले विश्वका अधिकांश देशलाई पिरोलेको अवस्थमा मध्य एसियाको तुर्कमेनिस्तानमा भने सामान्य अवस्था झै क्याफे, रेष्टुरा खुलेका छन् । विवाह पार्टीहरु चलिरहेका छन् । त्यहाँको सरकारले संक्रमणको केसलाई लुकाएको हुन सक्ने आशंका पनि गरिएको छ ।

विश्वका अधिकांश देश कोरोना भाइरसको संक्रमणविरुद्ध युद्ध लडिरहँदा, विश्वको ठूलो जनसंख्या लकडाउनमा बन्द भइरहँदा, तुर्कमेनिस्तानले भने मंगलबार वल्र्ड हेल्थ डेको अवसरमा ठूलो साइकल ¥यालीको आयोजना ग¥यो । जहाँ कसैले मास्क समेत लगाएका थिएनन् । जसको नेतृत्व राष्ट्रपति आफैले गरेका थिए ।

मध्य एसियाको यो देशले अहिलेसम्म कोरोना भाइरसको शुन्य केश रहेको दावी गरिरहेको छ । अन्य देशका विज्ञहरुले भने यसलाई अझै मान्न तयार भएको देखिदैन । उनीहरुले सेन्सरसिपका लागि प्रख्यात रहेको त्यो देशको सरकारले दिएको तथ्यांकलाई विश्वास गर्न नसकिने बताउँदै आएको बीबीसीले समेत जनाएको छ ।

तुर्कमेनिस्तानको आधिकारी स्वास्थ्य तथ्यंकसँग अविश्वास व्यक्त गर्दछन्। लन्डन स्कुल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिनका प्राध्यापक मार्टिन म्याके । उनले त्यहाँको स्वास्थ्य सेवा प्रणालीको अध्ययन गरेकाले पनि त्यो दावी गरेको बताइन्छ । ‘गत दशक उनीहरुले आफ्नो नागरिकमा एचआइभी एड्स नभएको दावी गरेका छन् । यो आंकडा स्वीकार्य छैन । हामीलाई थाहा छ की, २०००को दशकतिर उनीहरले प्लेग लगायतका प्रकोपको शृखलालाई दबाएका थिए ।’ उनले भने ।

तथापि त्यहाँका अधिकारीहरु सम्भावित प्रकोपलाई रोक्ने तयारीमा भने जोटिरहेको देखिन्छ । उनीहरुले युएन एजेन्सीहरुसँग एक्सन प्लानका लागि छलफल गरिरहेका छन् । युएनकी आवासिय प्रतिनिधि इलेना पानोभाले जोखिमका विषयमा संचार, केस अनुसन्धान, प्रयोगशालाको व्यवस्थापन र अन्य उपायहरुको विषयमा छलफल गरेको बताइन् । उनले पनि तुर्केमिस्तानको कोभिड १९को प्ररिक्षणको विषयमा स्पष्ट उत्तर भने दिएकी छैनन । ‘विश्वास नगर्ने भन्ने कुनै कुरा छैन । सरकारले दिएको सुचनालाई नै विश्वास गर्ने हो ।’ उनले भनिन् ।

उसले बोर्डरहरु एक महिना अघि देखि नै बन्द गरेको छ । चीन र अन्य देशहरुसँग हवाई उडानमो फ्रेबेओरीदेखि नै प्रतिबन्द लगाएको थियो । अन्तर्राष्ट्रिय उडानलाइ राजधानीबाट नर्थइस्ट जोनमा डाइभर्ट गरिएको छ । जहाँ क्वारेन्टाइन क्षेत्र तयार गरिएको छ ।  विदेशबाट आएका र लक्षण देखिएका सबैलाई कोभिड १९ को परिक्षण गरिएको बताइएको छ । पानोभाले पनि कति जनालाई परिक्षण गरिएको छ भने निश्चित तथ्यांक भने दिइनन् । ‘सरकारी अधिकारीसँग छलफल गर्दा उनीहरुले प्रयाप्त टेष्ट गरेको पाइन्छ । ’के कोरोना भाइसविरुद्ध लड्न उसको स्वास्थय प्रणाली सक्षम छ त रु भनेर प्रश्न समेत उठाइएको छ ।

पानोभा भन्छिन्, ‘हामीलाई थाहा छैन । उनीहरुको तत्परताबाट हामी विश्वस्त छौं । सामाग्री युक्त अस्पतालहरु छन् । अरु देशलाई हेर्दा पनि यसले स्वास्थ्य प्रणालीमा ठूलो दबाब सिर्जना गर्ने छ । त्यसमा तपाई कति तयार हुनुहुन्छ भन्ने विषयमा जहिले पनि अपर्याप्त नै हुन्छ ।

भेन्टिलेटरहरु र अन्य प्रकारका उपकरणहर खरिद गर्ने बारेमा पनि कुरा गरिसक्यौं ।’ जनतामा प्रकोपको बारे केहि जागरुकता रहेका देखिन्छ । शहरको बीचमा आन्दोलन प्रतिबन्धित गरिएको छ र केहि क्षेत्रमा प्रवेश गर्नडाक्टरको नोट हुनुपर्ने प्रावधान बनाइएको छ ।राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस