चीनसँग ट्रम्प झुक्लान् ? चीनको हातमा अमेरिकी जनताको जीवन !

सफल खबर संवाददाता

सोमबार, २४ चैत्र २०७६, १९ : ४५
चीनसँग ट्रम्प झुक्लान् ? चीनको हातमा अमेरिकी जनताको जीवन !

काठमाडौं ।  ह्वाइट हाउसले एक “रणनीतिक प्रतिस्पर्धी” ठानेको, एक देश जो अमेरीका विरुद्ध सक्रिय अभियान चलाईरहेको, एक अधिनायकवादी राज्य जसले मानवअधिकार उलंघन गरीरहेको र अमेरीकी अर्थतन्त्रबाट लाभ लिईरहेको भनेर ह्वाईट हाउस अर्थात अमेरीकी प्रशासनले भनेको देश हो चीन । यस्तो देश, जो अमेरीकाको स्वास्थ्य र जीवनशैलीका लागि पर्याप्त खतरा भनेर स्टेट सेक्रेटरी माईक पोम्पेओले भनेका छन् । अझ कोरोना भाईरसको प्रकोपको तथ्य ढाकछोपको आरोप लागेको देश चीन । त्यही चीनः जसबाट अमेरीकीहरुको जीवन बचाउन उपकरणहरु आपुर्तिका लागि भर पर्न बाध्य छ ।

विकृत र टार्न नसकिने अवस्था यो छ कि चीनले शुरुमै प्रकोप फैलिन शुरु गर्दै खेरी यसलाई ढाकछोप गर्दा विश्वभर भाईरस फैलियो तर अहिले चीन यस्तो उचित ठाँउमा पुग्यो कि उसले महामारी र मृत्युदरबाट फाईदा लिनेछ ।

न्यूयोर्कका गभर्नर एन्ड्यु कुमोले शनिबार भनेका थिए कि चिनियाँ सरकारले राज्यलाई १,००० भेन्टिलेटरहरू सहयोग पठाएको छ । यस अघि नै चीनबाट १७ हजार भेन्टिलेटर ल्याउन न्यूयोर्कले अर्डर गरीसकेको छ ।

अमेरिकी गुप्तचर अधिकारीहरुले चीन विश्वव्यापी आर्थिक पहुँच विस्तारमा लागेको बुझेका छन् । महामारीको केन्द्र चीनबाट ईटाली हुदै अहिले अमेरीकामा बसाई सरेको छ । अप्रील ४ सम्म ३ लाख बढी संक्रमितहरु देखिएका छन् । ट्रम्पको तयारीको अभावले चीनलाई आफ्नो विस्तारका लागि ढोका खोलिदिएको छ । ट्रम्प प्रशासनले महामारी आउनु पुर्व नै पर्याप्त मात्रामा भण्डारण र मुख्य वितरणको तयारी गर्नु पर्दथ्यो ।

डिफेन्स एक्ट प्रयोग गर्न हप्ता दिन सम्म हिचकिचाएर ट्रम्पले स्थितिलाई अझ खराब पारे । अन्ततः उनले लागू गरेपछि प्रत्यक्ष सामाग्री र अन्य स्रोतहरु उपयोग गरेर भेन्टिलेटर र एन–९५ मास्क उत्पादन गर्न घरेलु उत्पादकहरुलाई सहयोग पुर्यायो । शुक्रबार उनले व्यक्तिगत सुरक्षा उपकरण निर्यातमा कटौती गरे जतिखेर ७ हजार बढी अमेरीकीहरुको ज्यान गईसकेको थियो ।
ट्रम्पको पछिल्लो कदमका बाबजुद पनि अमेरीकाले अझै पनि स्वास्थ्यकर्मी र बिरामीहरुको आवस्यकता पूरा गर्न अत्यावस्यक उपकरणहरु पर्याप्त उत्पादन गर्न सकेको छैन ।
महामारी विरुद्ध प्रशासनको पूर्व तयारीको असफलताले मानिसहरुले जहाँबाट भए पनि उपकरण पाउनु बाहेक अर्को विकल्प नै पाएनन् । न्यूयोर्कका गभर्नर एन्ड्यु कुमोले शनिबार भनेका थिए कि चिनियाँ सरकारले राज्यलाई १,००० भेन्टिलेटरहरू सहयोग पठाएको छ । यस अघि नै चीनबाट १७ हजार भेन्टिलेटर ल्याउन न्यूयोर्कले अर्डर गरीसकेको छ । यसैबीच, निजी व्यवशायी नागरिकहरू जस्तै प्याट्रीयोट मालिक रोबर्ट क्राफ्टले चीनबाट फेस मास्कहरु ल्याएका छन् ।

चीनको शीर्ष मेडिकल उपकरण निर्माताहरुले भेन्टिलेटरको माग तत्काल विश्वभरका अस्पतालमा उपलव्ध रहेको भन्दा १० गुणा बढी माग रहेको जनाएका छन् । यद्यपि, चीनीया सूचनाका स्रोतहरु त्यति विस्वसनीय हुदैनन् । चीनका सरकारी अधिकारीले देशमा २१ वटा आक्रामक भेन्टिलेटर उत्पादक कम्पनीहरु छन् । उनीहरुले विदेशबाट कम्तीमा २० हजार भेन्टिलेटर अर्डर गरेका छन् । यसरी हेर्दा चीनको उत्पादन निरन्तर बढ्ने देखिन्छ ।

यो दुवै एकातिर चीनको अर्थव्यवस्थाको लागि वरदान हो र अर्कोतिर चिनियाँ कम्युनिष्ट पार्टीको लागि ठूलो प्रोपोगाण्डाको बिन्दु हो । उनीहरूले पार्टीलाई विश्वव्यापी नेताको रूपमा चित्रित गर्ने कोसिस गरेका छन् कि जब संकट आईपर्दछ त्यसको रेस्पोन्समा हामी छौं भनेर । यद्यपि, उ सुचना दबाएर हप्ता दिन सम्म भाईरस फैलन दिन जिम्मेवार छ ।

संयुक्त राज्य अमेरीकाले भाईरस नियन्त्रणका लागि संघर्ष गरीरहेको छ । संक्रमितहरुको उपचार गर्न र पर्याप्त औषधीहरुको आपुर्ति पाएको चीनले पोष्ट भाईरस भएको दाबी गर्दै अहिले हामीले नसक्ने दरमा निर्यात गरीरहेको छ । महिनौको बन्दाबन्दी ( लकडाउन) पछि आफ्नो आर्थिक शुन्यता भर्दै चीनले आफ्नो आर्थिक क्षेत्रमा बाउन्स फिर्ता लिदैछ । जब कि हामी भाइरसलाई सामना गरीरहेका छौं । उनीहरुसगँ रणनीति छ, हामीसगँ छैन ।

उनीहरुको विदेश नीति पनि ईतिहासमा कहिल्यै नभएको तहमा फैलिरहेको छ । हामीले यस खेललार्ई पहिले नै हेर्यौ कि अमेरीकी अधिकारी र चीनीयाहरुबीचको शाब्दिक युद्ध विगत केही दिनयता शान्त छ । ट्रम्प र पोम्पेओले चीनीया भाईरस, वुहान भाईरस भनेर बहुआयामिक मोर्चामा मिसफायर गरेको देखिन्छ ।

एसियाली–अमेरिकीहरू विरुद्ध अनावश्यक जातीय आक्रमण हुन सक्ने भएकोले मात्र होइन, यसले बाँकी विश्वमा समेत मिश्रित सन्देशहरू पठायो । विशेष गरी ट्रम्पले जनवरीमा भाइरसलाई जोगाउन चीनले गरेको प्रयासको प्रशंसा गरे । जी ७ बैठकमा अमेरीकाले कोरोना भाईरसलाई वुहान भाईरस भन्नु पर्नेमा अडान लियो जसमा अरु सदस्य राष्ट्रहरु सहमत हुन सकेनन् र साझा वक्तव्य जारी गर्न सकेन जी ७ ले जब कि पूर्ण एकता आवस्यक थियो यो समयमा ।

अब अमेरीकी नागरिकहरुको जीबन चिनियाँ कम्युनिष्ट पार्टीले संयुक्त राज्य अमेरिकामा चिकित्सा आपूर्ति गर्ने सहमतिमा निर्भर देखिन्छ । यसैले शाब्दिक युद्ध ठन्डा भएको छ । हामीलाई थाहा छैन कि ट्रम्प प्रशासनले फेरी चीनसँग पुरानो व्यवहार गर्ला भनेर । तर के कुरा स्पष्ट छ भने चीनलाई जानकारी छ कि यो संकटको चरणमा अमेरीकी प्रशासनले उसका नागरिकहरुको जीवन रक्षाका लागि चीनसँग चासो राख्ने छ र कम्युनिष्ट पार्टीलाई खुसी तुल्याउनु पर्नेछ आफ्ना लक्ष्यहरु पुरा गर्न ।

किनभने चिनियाँ अर्थव्यवस्था चीनीया कम्युनिष्ट पार्टीको औलामा निर्भर छ । यसले राज्यको आवस्यकता पूरा गर्न व्यापार र उत्पादनहरुलाई हेरफेर गर्न सक्छ । हामीले विगतमा व्यापार युद्धको समयमा स खेललाई देख्यौं जब सरकारले चीनमा काम गर्ने अमेरिकी कम्पनीहरूको बिरूद्ध अनावश्यक सरकारी निरीक्षण र ढिलो सीमा शुल्क हटाउने जस्ता प्रतिशोधात्मक उपायमा संलग्न रहेको थियो । यो महामारीको समयमा लागू हुन्छ जस्तै ः चीनसँग अमेरिकी जीवनमा निर्भर रहेको आपूर्तिको निर्यात घटाउने वा ढिला गर्ने क्षमता छ चीनीया कम्युनिष्ट पार्टीसँग छ । उनीहरूले हामीलाई ब्यारेलमा पक्रेका छन् ।

यस स्थितिमा अमेरीका मात्र एक्लो देश हैन अरु धेरै देशहरुमा पनि महामारीसगँ लड्न चीनको सहयोग र हात माथि छ । यसैबीच, चीनीया कम्युनिष्ट पार्टीले देश भित्र जे गरेका थिए भाईरस नियन्त्रणका लागि त्यही विदेशमा पनि लागू गराउन खोजिरहेका छन् । तिनीहरू भाइरस, यसको उत्पत्ति र फैलावटलाइ सम्बोधन गर्न उनीहरूको भूमिकाको बारेमा जानकारी फैलाउन सबै उपकरणहरू प्रयोग गर्दैछन् ।

अहिले ट्रम्प प्रशासन र अन्य अधिकारीहरूले तत्कालै अमेरीकीहरुको जीवन बचाउन के गर्नु पर्छ त्यो गर्नेछन् । चीनसगँको निर्भरता महंगो सावित हुनेछ भन्ने कुरामा ध्यान दिनु पर्दछ ।
डरलाग्दो वास्तविकता यो हो कि ट्रम्प प्रशासनले अमेरिकी जीवनलाई चिनियाँ हातमा राखिदिएको छ ।

लेखकः सिएनएनकी राष्ट्रिय सुरक्षा मामलाकी विज्ञ हुन् ।
–केवल न्युज नेटवर्कबाट भावानुवाद