लकडाउन लम्ब्याउने तयारी

सफल खबर संवाददाता

सोमबार, २४ चैत्र २०७६, ११ : १७
लकडाउन लम्ब्याउने तयारी

काठमाडौं । सरकारले लकडाउनको समय फेरि थप्ने तयारी गरेको छ ।  

स्रोतका अनुसार आइतबार बसेको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकमा पनि लकडाउनको समय थप गर्नेपर्ने विषयमा छलफल भएको थियो । सो बैठकमा लकडाउनको समयावधि कप्तिमा अब एक साता थप्नुपर्ने विषयमा कुराकानी भएको थियो । 

आज यसबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बोलाइएको छ । बैठकले लकडाउनको समय थप्नेबारे निर्णय गर्ने एक मन्त्रीले बताए । सम्भवतः एक साता लकडाउन लम्बिनेछ ।

प्रतिक्रिया दिनुहोस