नेकपामा किन जन्मियो ‘वार गुप्र’ ?

प्रधानमन्त्री केपी ओली निकट केही नेताहरुको योजनामा पार्टीका अन्य नेताहरुका बदनाम गर्न अहिले वार गुप्र जन्माईएको छ

सफल खबर संवाददाता

सोमबार, २४ चैत्र २०७६, ०९ : ३६
नेकपामा किन जन्मियो ‘वार गुप्र’ ?

काठमाडौं । नेकपाभित्र अहिले तिव्र आरोप÷प्रत्यारोप शुरु भएको छ । पार्टीको निर्देशनमा सरकार चलाउने कम्युनिष्ट परम्परालाई तोडदै प्रधानमन्त्री केपी ओली एक्लै हिडन थालेपछि पार्टीमा विधि र पद्दतीको माग गर्ने नेताहरु विरुद्द अहिले ओली पक्षका नेताहरु आक्रामक देखिएका छन् । 

सरकारको काम प्रभावकारी नदेखिएको, कोरोना माहामारीसँग जुध्न आवश्यक औषधी, उपकरण र स्वास्थ्य सामाग्री खरिद प्रकरणमा आर्थिक अनियमिततामा ओली पक्षधर नेताहरु मुछिन पुग्नु र पार्टी बैठक बोलाउन माग गर्ने नेताहरुमाथी नियोचित रुपमा आक्रामण गर्न ओली पक्षधर केही नेताहरुको योजनामा अहिले पार्टीभित्रै ‘वार गुप्र’ चलाईएको नेकपाभित्र चर्चा छ । 

यसका लागि प्रधानमन्त्रीको सचिवालयनै प्रयोग भएको समेत बताइन्छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा लगायतकै योजनामा अहिले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतका नेताहरुमाथी प्रचार आक्रमण गर्न यस्तो समुह गठन गरिएको खुल्न आएको छ । यो गुप्रले खासगरी सामाजिक सन्जालमार्फत पार्टीका नेताहरुमाथी बदनियतपूर्ण आरोप प्रत्यारोप चलाउने नीति बनाइएको स्रँेत बताँउछ । 

यो गुप्रको पहिलो निसाना अध्यक्ष प्रचण्ड र निकट नेताहरुलाई बनाउने देखिएको छ । ‘वार गुप्र’मा विश्वासिला ओली निकट नेता कार्यकर्ता रहने, समाजिक सन्जालमा ब्यस्त रहने नेता कार्यकर्ता रहने र उनीहरुले दैनिक कम्तीमा ४ ओटा स्टाटस पार्टीकै नेताहरुमाथीको आरोपमा लेख्ने र त्यसलाई ४० जनासम्ममा ट्याग गर्ने गरी  त्यस्तो ‘वार गुप्र’ले पहिलो कार्ययोजना वनाएको स्रोत बताउछ । 

त्यही क्रममा यसरी बनाइएको ‘वार गुप्र’ ले अध्यक्ष प्रचण्ड र प्रचण्डका परिवारका सदस्यमाथी अहिले आक्रमण शुरु गरेका छन् । पार्टीभित्रको राजनीतिक र वैचारिक क्षेत्रमा बहस गर्न नसकेपछि छदमभेषमा नियोजित अफवाह फैलाउने गरी यो गुप्र सक्रिय हुन थालेको छ । यो गुप्रले विगत तिन दिन यता यस्तो नियोजित प्रचारबाजी सामाजिक सन्जाल फेसबुक, टिवटरमा शुरु गरेको छ । 

प्रधानमन्त्री ओलीको जानकारी विनै सिमित ओली निकट केही नेताहरुको आफनो ब्यक्तिगत स्वार्थ र कुन्सित उदेश्य पूर्तिका लागि त्यस्तो वार गुप्र वालुवाटारभित्रैबाट सञ्चालनमा लयाईएको स्रोत बताउछ । यस्तो समुहले पार्टी एकतामा समेत गम्भीर संकट ल्याउने गरी नियोजित प्रचारबाजी शुरु गरेको देखिन्छ ।

जताततै सरकारको काम प्रभावकारी भएन भनी आलोचना हुन थाल्नु, कोरोनाको महामारीसँग जुध्न राष्ट्रिय एकता कामय गरेर अगाडी जानुको साटो हुकुमीशैलीमा आफनै निर्णय लाद्नु र कोरोना महामारीलाई अकुत कमाउने अस्त्रका रुपमा उपयोग गर्न खोज्ने प्रवृतिको विरोध पार्टीभित्र र बाहिर समेत हुन थालेपछि अत्तालिएकाहरुले यस्तो गोयवल्स शैलीमा प्रचार शुरु गरेको देखिएको नेकपा अनुशासन आयोगका एक सदस्यले बताए । 

पार्टीले राष्ट्रिय संकटको एकताबद्ध भएर सामना गर्नुपर्नेमा पार्टीभित्र विग्रह, विभाजनको दुरासाय राखेर शुरु गरिएको ‘वार गुप्र’का विरुद्ध पार्टीभित्र बेलैमा गम्भीर छलफल गरी यस्ता षडयन्त्रमा लाग्नेहरुका विरुद्ध कडा कारवाही गनुपर्ने आवाज पनि अहिले नेकपाभित्र उठेको छ  । अहिले बालुवाटारका केही संग्दिध सल्लाहकारहरुको योजनामा अगाडी बढाईएको ‘वार गुप्र’ले कुन हदसम्मको नियोजित वार अगाडी बढाउछ त्यसपछि नै यो पार्टी नेताहरुले थप गम्भिरताका साथ लिन सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस