प्रकाशको निधनले सिंगो पार्टी र आन्दोलनलाई क्षति : माओवादी केन्द्र (विज्ञप्ति)

आइतबार, ०३ मंसिर २०७४, १५ : ०४
प्रकाशको निधनले सिंगो पार्टी र आन्दोलनलाई क्षति : माओवादी केन्द्र (विज्ञप्ति)

माओवादी केन्द्रले माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अध्यष प्रचण्डका पुत्र प्रकाश दाहालको निधनले सिंगो पार्टी र आन्दोलनलाई क्षती पुगेको जनाएको छ ।

माओवादी प्रवक्ता पम्फा भुषालले एक शोक वक्तव्य जारी गर्दै दाहालको निधनले पार्टीले युवा, जुझारु नेता गुमाएको बताएकी छन् ।

त्यस्तै वक्तव्यमा सानै उमेरबाट नै पार्टीमा सक्रिय साकार दाहाल (प्रकाश) २०५७ सालदेखि पार्टीको पुर्णकालिन भई केन्द्रीय कार्यलयमा पार्टी अध्यक्षको नीजि सचिवको जिम्मेवारीमा रहनुका साथै दुवै पटक प्रचण्ड प्रधानमन्त्री हँदा सचिवालयमा रहेर अत्यन्त जिम्मेवारी पुर्वक आफ्नो जिम्मेवारी पुरा गरेको उल्लेख छ ।

युद्धकालको कठिन र संघर्षमय अवस्थामा पनि विचलित नभई पार्टी गतिविधिमा निरन्तर प्रकाश सक्रिय रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस