सरकारले कैलाली, कञ्‍चनपुर र बागलुङमा कोरोनाको 'र्‍यापिड टेष्ट' गर्ने

सफल खबर संवाददाता

शनिबार, २२ चैत्र २०७६, २० : २५

काठमाडौं । सरकारले पछिल्लो पटक कोरोना भाइरसको संक्रमण देखिएको कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिङ टेस्टिङ विधिबाट धेरैभन्दा धेरै कोरोना आशंका गरिएका व्यक्रिहरुको परीक्षण गर्ने निर्णय गरेको छ । 

सो जिल्लामा कोरोनाको संक्रमण अन्त पनि फैलिएको हुनसक्ने आशंका गर्दै सरकारले यस्तो निर्णय गरेको हो । 
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कैलाली, कञ्चनपुर र बागलुङमा नयाँ केस देखिएको र अरु व्यक्ति पनि संक्रमति हुनसक्ने सम्भावनालाई ध्यान दिँदै र्यापिड टेस्ट गर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । 

उनले त्यसपछि पीसीआर बिधिबाट पुनःपरीक्षण गर्ने भन्दै तीन जिल्लामा र्यापिड टेस्तको प्रक्रिया तत्काल अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस