विवादित असगरले कसरी पाए वालुवाटारमा इन्टी ?

सल्लाहकार रिमालद्धारा असगरलाई प्रधानमन्त्रीको आइटी विज्ञका रुपमा बालुवाटार प्रवेश

सफल खबर संवाददाता

शुक्रबार, २१ चैत्र २०७६, १० : २०
विवादित असगरले कसरी पाए वालुवाटारमा इन्टी ?

काठमाडौं । प्रधानमन्त्री ओलीका आइटी विज्ञ छन्,–असगर अलि । ई–सेवाका सिइओ रहेका असगरको आफनो अर्काे कम्पनी पनि छ– एफवान सफ्ट । यसका पनि अनेक भगिनी संस्था बनाएर उनले आइटीको क्षेत्रका अनेक काम आफ्नो कम्पनीमार्फत गराउदै आईरहेको छ ।

पछिल्लो दुई वर्ष यता बालुवाटार छिरेर प्रधानमन्त्रीका आइटी विज्ञ बन्न सफल भएका असगरले राज्यको पहुँच देखाएर सरकारका विभिन्न निकायको ठेक्का समेत हात पार्दै आईरहेका छन् । उनले पछिल्लो पटक अन्तराष्ट्रिय विमानस्थलको सेक्युरेटी सिष्टमको पनि ठेक्का पाएका छन् । 
बालुवाटारमा उनको प्रवेश पार्टीभित्रै विवादमा छ । उनको पहुँच कसरी प्रधानमन्त्री ओलीसम्म पुग्यो र उनले कसरी आफु खुसी काम लिन सफल बनिरहेका छन् भन्ने अहिले पनि मानिसहरुलाई निक्कै खुल्दुली लाग्ने गर्छ । 

प्रधानमन्त्री ओली र नेकपासँग असगरको दुई वर्ष अगाडीसम्म कुनै साइनो सम्बन्ध देखिदैन । उनको सम्बन्ध थियो त केवल प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालसँग मात्र । रिमालका छोरा क्षितिज रिमाल उनकै कम्पनी इसेवामा काम गर्छन् । त्यही आधारमा रिमाल र असगरका बीचको सम्वन्ध हिमचिमपूर्ण थियो । असगरको कम्पनीमार्फत आफुलाई पनि लाभ हुने र त्यसमा छोराको पनि भविश्य उज्ज्वल हुने ठानी रिमालले असगरलाई प्रधानमन्त्रीको आइटी विज्ञका रुपमा बालुवाटार प्रवेश गराएका थिए ।

प्रधानमन्त्रीको आइटी सल्लाहकारमा नियुक्त भएपछि असगरले आफ्नो कम्पनीको सक्रिय भूमिकाबाट राजीनामा दिएको बताए पनि उनको स्वामित्व कम्पनीमा कायमै छ । बालुवाटार प्रवेश पछि असगर र मुख्य सल्लाहकार रिमाल मिलेर राज्यका मुख्य मुख्य सेक्युरेटीका कामको जिम्मा आफनो हातमा लिएका छन् । रिमालले मनोज पाण्डे, अलि असगर लगायतसँग मिलेर देखापढी डटकम नामक अनलाइन पनि सञ्चालन गरेका छन् । एयरपोर्टमा बोर्ड बायोमेट्रिक सिस्टम जडानको कामको जिम्मा पनि रिमाल र असगर मिलेर आफ्नै हातमा लिएका थिए ।

ओम्नी, शास्त्र नेटवर्क जस्ता अनेक नामका कम्पनीमार्फत असगरले रिमालसँग मिलेर नयाँ नयाँ राज्यका कामका जिम्मा लिने गर्दै आएका छन् । उनको कम्पनी एफवान सफ्टले नेपालका २२ वाणिज्य बैंक र २६ वित्तीय संस्थाको मोबाइल एप बनाएको छ र फोन पेको गेटवे पनि सञ्चालन गरेको छ । यो कम्पनीले काठमाडौं प्रेस अनलाइन न्युज पोर्टल ह्याक गरेको पुष्टि भएको छ । आफैंले डिजाइन गरेको न्युज पोर्टलमा अनधिकृत रूपमा प्रवेश गर्ने सो कम्पनीले कुनै दिन बैंक तथा वित्तीय संस्थाको प्रणालीभित्र छिरेर वित्तीय हिनामिना नगर्ला भन्न सकिने अवस्था छैन । 

एउटा सामान्य समाचार हटाउन असगरले कसरी वेभ नै ह्याक गरी अनाधिकृत रुपमा समाचार हटाउन सक्छन भने अन्य आर्थिक अराजकतामा उनले आफुलाइृ आवश्यकता पर्दा नगर्लान् भन्न नसकिने अवस्था छ । त्यस्तै सुरक्षाका कतिपय योजनामा पनि उनको कम्पनीले काम गरिरहेको छ । राष्ट्रिय सार्वभौमसत्ता र गोपनियताका विषयमा पनि उनको कम्पनीले सेक्येरेटीका कतिपय काम जिम्मा लिएका छन् । यसले कुनै दिन राष्ट्रिय गोपनियता लिक नहोला भन्न नसकिने अवस्था छ ।

यी सवका लागि रिमालले प्रधानमन्त्री ओलीलाई मानसिक रुपमा तयार पार्ने र रिमाल र असगर मिलेर राज्यको स्रोत साधन आफु्नो तिर केन्द्रीत गर्ने काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस